बागलुङ । मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ बागलुङमा ‘खुशी मन बागलुङ’ नामक मनोविमर्शकर्ताहरूको संस्था गठन गरिएको छ ।
ध्यान दिवसको अवसरमा संस्थाको गठन गरिएको हो । संस्थाको अध्यक्षमा नारायण प्रसाद आचार्य चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा लक्ष्मी बोहोरा, सचिवमा योगराज कडेल, कोषाध्यक्षमा सिलसिला श्रेष्ठ र सह–सचिवमा शान्तिदेवी शर्मा चयन हुनु भएको छ । संस्थामा अन्य कार्यसमिति सदस्यहरू समेत रहेका छन् ।
नवगठित संस्थाले मनमा समस्या भएका व्यक्तिहरूलाई योजनाबद्ध संवाद तथा सहयोग विधिमार्फत भावनात्मक, सामाजिक तथा मानसिक चुनौतीहरू बुझ्न, सामना गर्न र समाधानतर्फ अग्रसर गराउने लक्ष्य लिएको जनाएको छ । मनोविमर्शमार्फत व्यक्तिलाई आफ्ना समस्याप्रति स्पष्टता दिलाई सकारात्मक समाधानतर्फ डोर्याउने संस्थाको मुख्य उद्देश्य रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।
संस्थाले आगामी दिनमा मनोविमर्श सेवा, सचेतना कार्यक्रम, तालिम तथा समुदायस्तरीय गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान पु¥याउने अपेक्षासहित ‘खुशी मन बागलुङ’ ले आफ्नो यात्रा सुरु गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले मनोविमर्श कर्ताको छ महिने तालिममा सहभागीबाट संस्था दर्ता गरिएको जानकारी दिनुभयो ।