बरेङकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

आदर्श अनलाईन, बागलुङ ।
बरेङकी एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरी गरिएको छ ।

गाउँपालिका वडा नम्बर २ बराहकोट की वर्षीया १९ तिर्सना श्रीसलाई अत्याधिक रक्त श्राव भएपछि बरेङ गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्धार गरि पोखरा पठाइएको छ ।

बिहिबार साँझ ७ बजे हुग्दिशिर स्वास्थ्य चौकीमा सुत्केरी भएकी श्रीसलाई राति ९ बजे डिस्चार्ज गर्ने तयारी भएको तर अत्याधिक रक्तश्राव शुरु भएपछि स्वास्थ्य चैकीमै राखिएको बरेङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुन बताउनुभयो ।

बिहानसम्म पनि रक्तश्राव नरोकिएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा पोखरा पठाईएको बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *