बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रबाट कोरोना जितेर घर फर्किए एक युवा

बागलुङ
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएका पहिलो कोरोना संक्रमितलाई आज बिदाई गरिएको छ ।

भारतको पन्जाबाबाट आई शिवालय मावि अधिकारीचौरको क्वारेन्टाईनमा रहेका वर्ष २६ का तेजेन्द्र विकको दोश्रो पटक गरिएको पिसीआर रिर्पोट नेगेटिभ आएसँगै कारोना जितेर घर फर्कनु भएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

विक गत जेठ २६ गते कोरोना संक्रमित भएसँगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेशनमा ल्याइएको थियो । हाल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र निसीभुजी जनता क्याम्पसमा गरी २९ जना संक्रमित रहेका हुन् । जस मध्ये एक जना निको भएसँगै अब २८ जना रहेको बताइएको छ । आइसोलेशनमा ढोरपाटन नगरपालिकाका १७ जना, निसीखोला गाउँपालिकाका ४ जना, तमानखोला गाउँपालिकाका १ जना र बडिगाड गाउँपालिकाका ६ जना रहेका छन् ।

उनीहरु मध्ये दुई जनालाई सामान्य रुघाखोकी र दुई जनाको प्रेशर बढि रहेको बाहेक अन्य सबैको अवस्था सामान्य रहेको र कोरोनाको लक्षण देखिएकालाई समेत औषधि उपचार भइरहेको डा. मल्लको भनाई छ ।

बुर्तिबाङमा चार वटा पालिकाका संक्रमितलाई राख्ने गरी बनाइएको आइसोलेशन व्यवस्थापन तथा संक्रमितको रेखदेख र उपचारमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुको सक्रिय भुमिका रहँदै आएको छ ।

त्यसैगरी यसक्षेत्रमा संक्रमण देखिएका व्यक्तीलाई आइसोलेशनसम्म ल्याउन सवारी साधन र चालकको अभाव भएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी र चालकको समेत उत्तिकै भुमिका रहेको छ । संक्रमितलाई नगरपालिकाको पिकअप लिएर आफै आइशोलेनसम्म पु¥याउने गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *