बागलुङ म्यानेजर्स क्लवको अध्यक्षमा राजभण्डारी

रोहन जि.सी., बागलुङ ।

सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता विकाससंगै सहकारी अभियानलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने उदेश्यका साथ बागलुङमा सञ्चालित सहकारीहरुका प्रवन्धकहरुको भेला शुक्रवार बागलुङमा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको संयोजनमा भएको भेलाले एकता सहकारी संस्थाका प्रवन्धक दिपकजग राजभण्डारीको अध्यक्षतामा ७ सदस्यीय बागलुङ म्यानेजर्स क्लव गठन गरेको छ ।

क्लवको उपाध्यक्षमा आदर्श सञ्चार सहकारी संस्थाका प्रवन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रवन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक मुना शर्मा रहनु भएको छ । यस्तै क्लवका सदस्यहरुमा कार्यक्षेत्रमा महिला वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक जमुना पुर्जा, सहज वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक टिकाराम सापकोटा र स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक दुर्गाबहादुर केसी रहनु भएको छ ।

भेलाले राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठी, सिवाइसी वचत तथा ऋण सहकारी सस्था प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने, अभियान बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक माधव सापकोटा र कालिका सहकारी संस्थाका प्रवन्धक टंकप्रसाद पन्तलाई सल्लाहकारमा चयन गरेको छ । परिवर्तित समय अनुसार सहकारीहरुलाई नीति, विधि र कार्यविधि निर्माणमा समन्वय गर्ने, सहकारी अभियानको नेतृत्वलाई सहयोग गर्ने, सहकारीका व्यवस्थापक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि लगायतका काम गर्ने उदेश्यका साथ क्लव गठन गरिएको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

भेला राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको अध्यक्षता र कर्मचारी सुशिल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारी अभियानलाई प्रभावकारी बनाउन सहकारीका व्यवस्थापकहरको क्षमता अभिवृद्धि लगायतका काममा क्लव सक्रिय रहने अध्यक्ष दिपक राजभण्डारीले बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकामा सञ्चालित सहकारीहरुका प्रवन्धकहरुलाई क्लवमा सहभागी गराई एक महिना भित्रमा क्लवको प्रारम्भिक साधारणसभा गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *