स्याङ्जामा एकैदिन ३४ जना संक्रमितले कोरोना जितेर घर फर्के

स्याङ्जा
स्याङ्जाका ३४ जना संक्रमितले कोरोना जितेर घर फर्केका छन् । यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमण जितेर घर फर्कनेकोे संख्या ५६ पुगेको छ ।

भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलेसनमा रहेका ३४ जना संक्रमितले शनिवार एकै दिन कोरोना जितेर घर फर्केका हुन ।

उनीहरुको दोस्रो पटक गरिएको स्वाव परिक्षण रिपोर्टमा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाईएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङ नगरपालिकाका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना छन् ।

कोरोनामुक्त भएकालाई, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, आँधीखोला गाउँपालिकाका अध्यक्ष सुधिरकुमार पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्मा लगायतले बिदाई गर्नुभएको थियो ।

कोरोना जितेर घर फर्कनेलाई लिनका लागि सम्बन्धित पालिकाले सवारी साधन पठाएका थिए । जिल्लामा संक्रमितको संख्या १ सय ५९ पुगेको छ । तीमध्ये २ जनाको निधन भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *