ऐश्वर्य पार्क कि प्रदुषित पार्क ?

पार्कभरी प्रयोग गरिएका माक्स र ग्लोब्स छरपष्ट

साधना पन्त , बागलुङ

बजार भित्रको मुख्य पार्क हो ऐश्वर्य पार्क । सुन्दरता, सजावट र संरक्षणको पर्खाइमा छ । तर, दैनिक प्रदुषण मात्र होइन, अतिक्रमण पनि खेपिरहेछ ।

बागलुङ नगरपालिकाको अधिकार र जिम्मामा भएको ऐश्वर्य पार्क केहि बर्ष अघि प्रभु बैंकलाई व्यवस्थापन गर्ने जिम्मा दिइएको थियो । तर, ऐश्वर्य पार्क अहिले अझ उदेक लाग्दो अवस्थामा छ ।

शनिवार ऐश्वर्य पार्क पुग्दा त्यहाँका छरपष्ट प्रयोग गरेर फालिएका स्वास्थ्य सामग्रीले पार्क प्रतिको लापरवाही र बेवास्तालाई थप प्रस्टाएको छ । बागलुङ नगरपालिका वडा नम्वर २ स्थित ऐश्वर्य पार्कमा प्रयोग गरिएका ग्लोब्स र माक्स छरपष्ट फालिएका छन् । कोरोना संक्रमणको जोखिम तिव्र बन्दै गए पछि ऐश्वर्य पार्क भित्रैबाट गर्भवति परीक्षण, खोप, परिवार नियोजनका कामहरु हुँदै आएको छ । सोही काम गर्दा प्रयोग गरिएको स्वास्थ्य सामग्री व्यवस्थित ठाउँमा बिसर्जन गरी जथाभावी फालिनु दुखद भएको स्थानीय बताउँछन् ।

ऐश्वर्य पार्कमा प्रयोग गरि छरपष्ट फालिएका माक्स र ग्लोब्स । तस्बिरः अञ्जु जिसी

बागलुङ बजारको महत्वपूर्ण पार्क बन्ने सम्भावना बोकेको पार्क अहिले खुल्ला छ । पार्कको सुरक्षाको लागि लगाइएको पर्खाल पनि अहिले ढल विस्तारका क्रममा भत्काइएको छ । पार्कमा गाई बस्तुहरु चर्ने, मानिसहरु जथाभावी गएर फोहोर गर्ने क्रम बढेको छ । जसका कारण सुर्ती,खैनी , पुकार, पानीका बोतल पनि जथाभावी देखिने गरेको छ ।

तर, बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल आफुलाई यो विषयमा जानकारी नभएको बताउँछन् । पार्कबाट अहिले स्वास्थ्यका केहि अनिवार्य काम र सेवा सञ्चालन गरिएको र त्यसक्रममा केहि कमजोरी भएको भए बुझेर सरसफाई गरिने उनले बताए ।

ऐश्वर्य पार्कमा देखिएको फोहोर । तस्बिरः अञ्जु जिसी

बागलुङ बजारको महत्वपूर्ण पार्क बन्ने सम्भावना बोकेको पार्क अहिले खुल्ला छ । पार्कको सुरक्षाको लागि लगाइएको पर्खाल पनि अहिले ढल विस्तारका क्रममा भत्काइएको छ । पार्कमा गाई बस्तुहरु चर्ने, मानिसहरु जथाभावी गएर फोहोर गर्ने क्रम बढेको छ । जसका कारण सुर्ती,खैनी , पुकार, पानीका बोतल पनि जथाभावी देखिने गरेको छ । कोरोनाको माहामरी भए संगै बागलुङ नगरपालिकाले फुड बैंक पनि सोही स्थानबाट सञ्चालन गर्दै आएको छ । यस बारेमा बानपा २ का वडा अध्यक्ष जिवन आर्चाय संग कुरा गर्दा ऐश्वर्य पार्कको व्यवस्थापनको जिम्मा प्रभु बैकलाई जिम्मा दिएको र पार्कको सरसफाईको जिम्मा बैंककै भएको बताउँछन् ।

प्रभु बैक गण्डकी प्रदेश शाखा प्रमुख अमर ज्योतिले भने पार्कमा बिरुवा रोप्ने, पार्कलाई सुन्दर बनाउने, हरियाली बनाउने जिम्मा बैंकले लिए पनि यथेष्ट समन्वय र सरसल्लाह नगरी नगरपालिकाले पार्कको संरचान भत्काएको र जथाभावी बोट विरुवा नष्ट गर्ने गरेको गुनासो गरे । बागलुङ नगरपालिकासँग बानपा १ बाङ्गेचौर र बानपा २ को एैश्वर्य पार्कमा बिरुवा रोप्ने भनेर सम्झौता गरे पनि नगरपालिकाले सहज वातावरण नबनाएको उहाँको भनाई छ । बानपा १ बाङ्गेचौरमा १५ लाख भन्दा बढि रकम पार्क निर्माणमा खर्च गरिए पनि झोलुङ्गे पुल निर्माण गर्दा सबै संरचना बिग्रिएको र संरक्षणमा समस्या भएको ज्योतीले बताए । बंैकले लगानी गरेको सवै बालुवामा पानी हाले जस्तो भएकोले पार्कको सुन्दरता र संरक्षणमा नगरपालिकानै बढि जिम्मेवार हुन आवश्यक भएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

ऐश्वर्य पार्क कि प्रदुषित पार्क ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *