निसीखोलामा बेवारिसे नवजात शिशु फेला

डम्मर बुढा मगर, बागलुङ

निसीखोलामा एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर-१ को हुल्दी जंगलमा स्थानीय मनिसरा विकले बेवारिसे अवस्थामा नवजात शिशु फेला पारेकी हुन् ।

उनले प्रहरीलाई खबर गरेपछि बालकको उद्धार गरि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङमा प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भडारीले जानकारी दिनुभयो । शिशु करिब १/२ दिनको हुन सक्ने आशंका गरिएको छ । शिशु कसको र किन जंगलमा राखिएको विषयमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक भण्डारीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *