बागलुङमा फेरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ७७ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार बागलुङ नगरपालिकाका १७ जना, बडिगाड गाउँपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि शनिवार विहान ८ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै शनिवार एकै दिन ३५ जनामा संक्रमण देखिएको छ ।

No photo description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *