बागलुङमा समुदायमा स-यो कोरोना, खाना दिने र सुरक्षाकर्मी पनि संक्रमित

आदर्श अनलाइन, बागलुङ

बागलुङमा क्वारेन्टिन बाहिरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाले बिहुँ स्थित अमर मावि क्वारेन्टिनमा काम गर्ने दुई जना र १ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
खानो खुवाउन एक महिला, उनलाई सघाउने पुरुष र क्वारेन्टिन सुरक्षामा खटेका प्रहरीमा संक्रमण पुष्टि भएको थापाको भनाई छ ।

अमर मावि क्वारेन्टिनमा बस्दै आएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका खाना खुवाउने महिला र पुरुष परिवारसँगै बस्दै आएका छन् । क्वारेन्टिनको व्यवस्थापकीय कार्यमा खटिएकाहरुलाई के कसरी कोरोना संक्रमण भयो भन्नेबारेमा बुझ्ने क्रम जारी रहेको स्वाथ्यकर्मी बताउँछन् । अब कन्ट्याक्ट ट्रेसिङ गरेर समुदायमा थप फैलिन नदिन स्वाब संकलन र परीक्षणलाई तिव्र बनाउने गाउँपालिकाको तयारी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *