एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्षमा बागलुङका पुन

आदर्श अनलाईन, कोरिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी निर्वाचित हुनु भएको छ ।

संघको आइतवार सम्पन्न भएको सातौ अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बागलुङका दिपक पुन निर्वाचन हुनु भएको छ । पुन बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार समेत रहनु भएको छ । समितिको उपाध्यक्षहरुमा सञ्जिव राई, सोम तामाङ र यदु लामिछाने, महासचिवमा डा.विमल सुवेदी, सचिवमा राजकुमार स्याङतान र मनोज गौतम, कोषाध्यक्षमा चन्द्र राना, सहकोषाध्यक्षमा सन्तोष खड्का, युवा संयोजकमा अरुण श्रेष्ठ, महिला संयोजकमा शुभद्रा पालुङ्वा निर्वाचित हुनु भएको छ ।

अधिवेशनबाट समितिका सदस्यहरुमा उमेश पोखरेल, दिनेश चौलागाई, ओमबहादुर कार्की, डा.सुवासचन्द्र चौधरी, अवधेश कुमार चौरसिया र विश्वमणी दाहाल निर्वाचित भएको दक्षिण कोरियाबाट टेक पुनले जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *