समाचार प्रभावः हटाइयो ऐश्वर्य पार्कको छरपष्ट फोहोर

साधना पन्त, बागलुङ

बागलुङ बजारको मुटुमा रहेको ऐश्वर्य पार्कमा छरपष्ट देखिएको फोहोर समाचार प्रकाशन पश्चात हटाइएको छ ।

पार्कमा शुक्रबार मास्क, ग्लोब्स लगायतका फोहोर छरपष्ट रुपमा फालिएको थियो । यसबारे धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार अनलाइनमा ऐश्वर्य पार्क कि प्रदुषित पार्क शिर्षकको समाचार प्रकाशन गरेको थियो ।

बागलुङ नगरपालिका वडा नम्वर २ स्थित ऐश्वर्य पार्कमा प्रयोग गरिएका ग्लोब्स र माक्स छरपष्ट फालिएका थिए । कोरोना संक्रमणको जोखिम तिव्र बन्दै गए पछि ऐश्वर्य पार्क भित्रैबाट गर्भवति परीक्षण, खोप, परिवार नियोजनका कामहरु गरिदै आइएको छ । काम गर्दा प्रयोग गरिएको स्वास्थ्य सामग्री व्यवस्थित ठाउँमा बिसर्जन गरी जथाभावी फालिनु दुखद भएको पार्क पुग्ने आन्तरिक तथा बाह्य आगन्तुकहरुले गुनासो गर्दै आएका छन् । तर, नगर स्वाथ्य शाखा र बानपा वडा नम्बर २ को कार्यालयले यसबारे अनविज्ञता प्रकट गरेका थिए ।

बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले आर्दश अनलाइन र जागरण दैनिकमा समाचार आए पछि तत्काल पार्क पुगेर जथाभावी फालिएको माक्स, पञ्जा लगायतको फोहोर सरसफाई गरेको बताउनु भयो । अस्पतालमा प्रयोग गरी नष्ट गर्न राखेको माक्स र पञ्जा केही बालबालिकाले पार्कमा लगेर फालेको अनुमान नगरपालिकाको छ । ‘समयमै हामीलाई सुचित गर्नु भएकोमा आदर्श सञ्चार र जागरण दैनिकलाई धन्यबाद,’ खनालले भन्नुभयो,‘आगामी दिनमा यस बिषयमा थप सचेत रहने छौ ।’
समाचार अघि ऐश्वर्य पार्कको दृश्य:

समाचार अघि ऐश्वर्य पार्कको दृश्य:

समाचार पछि ऐश्वर्य पार्कको दृश्य:

बागलुङ बजारको महत्वपूर्ण पार्क बन्ने सम्भावना बोकेको पार्क अहिले खुल्ला छ । पार्कको सुरक्षाको लागि लगाइएको पर्खाल पनि अहिले ढल विस्तारका क्रममा भत्काइएको छ । पार्कमा गाई बस्तुहरु चर्ने, मानिसहरु जथाभावी गएर फोहोर गर्ने क्रम बढेको छ । जसका कारण सुर्ती,खैनी , पुकार, पानीका बोतल पनि जथाभावी देखिने गरेको छ ।
र यो पनि : यस्तो थियो शनिवार प्रकाशित समाचार
https://www.aadarshasanchar.com/state/2020/06/27/10045/

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *