राष्ट्रिय सहकारी बैंकका २४ शाखा थपिने

रोहन जि.सी.,बागलुङ
राष्ट्रिय सहकारी बैंक लिमिटेडका २४ वटा शाखा थप हुने भएका छन् । हाल ४४ शाखामार्फत देशभरका सहकारी संंघ संस्थाहरुसंग वित्तीय लगायत सहकारीको प्रवद्र्धनका क्षेत्रमा काम गर्दै आएको बैंकका २४ शाखा थप हुने भएका हुन् ।

राष्ट्रिय सहकारी बैंकको माग, सहकारी विभागको सिफारिसका आधारमा नेपाल राष्ट्र बैंकले थप २४ वटा शाखाका थपका लागि अनुमति दिएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिनुभएको छ ।

बैंकको शाखा सञ्चालन कार्यविधिको अधिनमा रहने गरी थप २४ वटा शाखा खोल्नका लागि साेमबार नेपाल राष्ट्र बैंकले अनुमति दिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकमा ८४ स्थानमा शाखा सञ्चालनका लागि माग गरिएको र पहिलो चरणमा बैंक सञ्चालनका लागि प्रक्रिया पुगेका २४ स्थानमा शाखा खोल्नका लागि अनुमति प्राप्त भएको बैंकले जनाएको छ । अनुमति दिएका शाखा सञ्चालनसंगै थप शाखाका लागि प्रक्रिया अगाडि बढाइने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले भक्तपुरको कमलविनायक र सूर्यविनायक, ललितपुरको इमाडोल, काठमाडौंको नारायणगोपाल चोक, जोरपाटी चोक, नयाँ बजार, पुतली सडक, कालिमाटी, कोटेश्वर, किर्तिपुर र बलम्बुमा शाखा सञ्चालनका लागि अनुमति दिएको छ ।

यस्तै दाङको तुल्सीपुर, कास्कीको तालचोक, बाराको कलैया, बाँकेको नेपालगञ्ज, मोरङको सुन्दरहरैचा, चितवनको टाँडी, बर्दियाको भुरीगाउँ, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको इनरुवा, रुपन्देहीको भैरहवा र तिलोत्तमा, झापाको मेचीनगर र स्याङ्जाको पुतली बजारमा शाखा सञ्चालनको अनुमति दिएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको अनुमतिसंगै शाखा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइले जानकारी दिनुभयो ।

नेपाल सरकार र देशभरका करिव १२ हजार सहकारी संघ संस्था सदस्य रहेको बैंकले ४४ शाखा मार्फत २ अर्ब ९ करोड, निक्षेप ३६ अर्ब ५० करोड र कर्जा लगानी २३ अर्ब रहेको प्रमुख कार्यकारी अधिकृत बद्रकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सहकारी बैंकका २४ शाखा थपिने

  1. धेरै रामो समाचार सुनियो खुशी लागयो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *