बरेङमा ३४ को नेगेटिभ रिर्पोट आएपछि घर पठाइयो

प्रकाश छन्त्याल, बरेङ
बरेङ गाउँपालिकाका ३४ जनाको रिपोर्ट नेगेटिभ भएपछि घर पठाइएको छ ।

भारतको विभिन्न स्थानबाट आएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेका वडा नम्बर १ धुल्लुबास्कोटमा १ जना, वडा नम्बर २ हुग्दिशिरमा ३ जना र वडा नम्बर ३ बाटाकाचौरमा ३० जना गरि कोरेन्टाइनमा बसेका ३४ जनालाई घर पठाइएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले दुई हप्ता होम कोरेन्टाइनमा बस्न आग्रह गर्दै बिदाई गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *