गल्कोटमा एक सय पचास सवारी साधन कारबाहीमा


शर्मिला बस्नेत, गल्कोट ।
गल्कोटमा ट्राफिक प्रहरीले चालू आर्थिक वर्ष २०७६,०७७ को साउन र भदौ महीनाको अवधिमा ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष शुरु भएको श्रावण देखि भदौ मसान्तसम्म प्रहरीले उक्त राजस्व संकलन गरेको हो । प्रहरी चौकि हटियाले यस दुई महिनाको अवधिमा कुल १ सय ५० ओटा सवारी साधनहरु कारबाहीमा परेको जनाएको छ । जसमा २६ वटा लाप्रबाहिका साथ सवारी हाक्ने , ६४ जनाको कागज पत्र साथमा नभएको,२८ जना सवारी अनुमति पत्र नभएको कारण कारबाहिमा परेका हुन ।

हाईवे र बजार क्षेत्रभित्र समानान्तर रुपमा चेकजाँच गरिरहेका कारण कारबाहीमा पर्ने सवारी साधनहरुको सङ्ख्यामा वृद्धि भएको कार्यालयले जनाएको छ । अहिले दैनिक झण्डै ५ देखि ७ ओटा सम्म सवारी साधनहरु कारबाहीमा पर्ने गरेका छन । कारबाहीमा पर्नेमध्ये सबैभन्दा तीब्र गतिमा सवारी हाँक्ने र कागजपत्र बिना नै सवारी चलाउनेहरु रहेको हटिया प्रहरि चौकि प्रमुख अनुप के.सि ले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *