गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ९६६ पुग्याे

पाेखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पाेखरामा ७ सहित तनहुँ, लमजुङ र स्याङ्जामा गरी १७ जनामा म‌ंगलबार बिहान काेराेना पुष्टि भएकाे छ ।

तनहुँकाे ब्यास नगरपालिकाका ३ पुरुष र २ महिला, स्याङ्जाकाे पुतलीबजारका १ पुरुष, लमजुङकाे बेसिसहर नगरपालिका, मध्यनेपाल गाउँपालिका र मर्स्यांङ्दी गाउँपालिकाका १/१ महिनामा काेराेना पुष्टि भएकाे छ ।

कास्कीकाे मादी गाउँपालिकाका १ पुरुष, पाेखरा महानगरपालिकाका ६ पुरुष र १ महिलामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या २ सय १४ पुगेकाे छ ।

प्रदेशमा हालसम्म काेराेनाले २ पुरुषकाे मृत्यु भएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *