अवैध सम्बन्धबाट जन्मिएको बच्चा झाडीमा फाल्ने युवति पक्राउ

डम्मर बुढा मगर, बागलुङ

गत असार १३ गते निसीखोला गाउँपालिका वडा नम्बर-१ हुल्दीको जंगलमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको आमालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले निसीखोला गाउँपालिका वडा नम्बर–२ की १७ वर्षीया युवतिलाई सोमबार राति पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमु्ख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

युवतिसँगै वडा नम्बर-१ का १९ वर्षीय दिपेन्द्र विकलाई पक्राउ गरेको भण्डारीको भनाई छ । उनीहरुको पहिले देखिनै सम्बन्ध रहँदै आएको पाइएको छ ।

अवैध सम्बन्धबाट जन्मिएको बच्चालाई जंगलमा फलेर गुपचुप पार्न खोजेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बच्चाको अवस्था समान्य रहको बताइएको छ । बच्चालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । युवति र युवालाई बुधबार जिल्ला पठाइने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *