खानेपानीको माग गर्दै बागलुङ नगर खानेपानी संस्थामा डेलिगेशन

संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ भन्छन्ः हामीले सकेनौ, उपभोक्तासँग क्षमा माग्दछु

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा खानेपानीको समस्याको बिषय लिएर जिल्लाका सामाजिक अगुवाहरुले नगर खानेपानी उपभोक्ता संस्थाको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो एक सातादेखि बजारमा खानेपानी अवरुद्ध हुँदा पनि संस्थाका पदाधिकारी, कर्मचारीको भुमिका प्रभावकारी नदेखिएको भन्दै अधिकारकर्मी राम शर्मा, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र श्रेष्ठ, अशोक गोविन्द राजभण्डारी, रुद्र महत, धुव्रप्रसाद शर्मा लगायतको टोली खानेपानी संस्थाको कार्यालय पुगेका थिए ।

उनीहरुले अहिले लामो समय अवरुद्ध भएको खानेपानी सूचारु, पानी आए पनि धमिलो आउने समस्या, संस्थाको साधारणसभा, जवाफदेहिता, पारदर्शिता लगायतका सवाल पनि गम्भीर रुपमा उठाएका थिए । खानेपानी जस्तो दैनिक जीवनमा अपरिहार्य संवेदनशिल बिषयमा साता दिन भन्दा बढि सेवा अवरुद्ध हुँदा पनि नगर खानेपानी संस्था गम्भीर र जिम्मेवार नदेखिएकाले तत्काल नियमित पानीदेखी संस्थाको जवाफदेहिता र पारदर्शिताका बिषयमा पनि ध्यानाकर्षण गराइएको अधिकारकर्मी राम शर्माले बताउनुभयो ।

डेलिगेशन टोलीको जवाफमा बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उपभोक्ताको माग र अपेक्षा जायज भए पनि निरन्तर प्रयासका बाबजुद पनि अप्ठ्यारो ठाउँको पहिरोका कारण खानेपानी सूचारु गर्न समस्या भएको बताउनुभयो । ‘आफ्नो कार्यकालको ४ बर्षे अवधिमा यति लामो समय सम्म खानेपानी अवरुद्ध भएको थिएन, अहिले पहिलो पटक यस्तो समस्या बेहोर्नुप¥यो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘म काम गर्दा गर्दै पनि सेवा दिन नसकेकोमा उपभोक्ता सँग क्षमा माग्छु । हाम्रो प्राविधिक टोली नियमित पानी सूचारु गर्न प्रयासरत छ, तर बर्षा र प्रकोपले बल्लतल्ल मर्मत गरे पनि फेरी पाइप बगाउने, फुट्ने समस्याले आजित बनाएको छ ।’ अब पहिरोले अवरोध नगरे नियमित पानी आउने उहाँको भनाई छ । संस्थाको जवाफदेहिता र पारदर्शिताका बारेमा भने अब निकट समयमै साधारणसभा गरिने र त्यसमै उपभोक्ताका प्रश्न, आशंका प्रष्ट गर्ने उहाँले बताउनभुयो ।

यो पनि पढ्नुहोस्

खानेपानीको माग गर्दै बागलुङ नगर खानेपानी संस्थामा डेलिगेशन

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *