सांसद ज्ञानकुमारी छन्त्यालको निधन

आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद ज्ञान कुमारी छन्त्यालको निधन भएको छ ।

बागलुङबाट समानुपातिक रुपमा प्रतिनिधित्व गर्नुभएको सांसद छन्त्यालको उपचारको क्रममा काठमाण्डौंमा निधन भएको हो ।

लामो समय देखि मुटु रोगबाट ग्रसित छन्तयाल काठमाडौँ स्थित गंगालाल हृदय केन्द्रमा उपचाररत हुनुहुँन्थ्यो । छन्त्यालको आज विहान ९ बजे मृत्यु भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्ण कुवँरले जानकारी दिनुभयो ।

६६ वर्षीया सांसद छन्त्याल करिब एक महिनादेखि अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ २०७४ सालको चुनावमा नेपाली कांग्रेसको तर्फदेखि समानुपतिकबाट सांसद बन्नुभएको थियो । छन्त्याल दोस्रो संविधानसभामा साविक बागलुङ क्षेत्र न. ३ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *