प्रतिबन्धित नेकपाका जिल्ला सचिव पक्राउ


आदर्श अनलाईन, बागलुङ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर(नविन) लाई प्रहरीले पक्राउ गरेको छ ।

खर्वाङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले कुँवरलाई असोज ७ गते साँझ ५ बजे बडिगाड गाउँपालिका–५ उनकै गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।

प्रतिबन्धित नेकपाको जिल्ला सचिव समेत रहेका कुँवरले व्यवसायीहरुलाई डर धम्की देखाएर चन्दा असुली गर्ने, जिल्लाका विभिन्न स्थानमा एनसेल टावरमा भएको आगलागीमा संलग्नता रहेको आशंकमा उनलाई गिरफ्तार गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *