अमेरिकामा ज्यान गुमाएका बागलुङका खत्री परिवारलाई १५ लाख सहयोग

तस्बिरः ऋषिराम गोतामेको फेसबुकबाट

आदर्श अनलाइन, बागलुङ

अमेरिकामा ज्यान गुमाएका बागलुङका एक युवाको परिवारलाई १५ लाख राहत रकम प्रदान गरिएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बैदेशिक रोजगारको शिलशिलामा रहेका बागलुङ नगरपालिका वडा नम्बर-१ रुद्रेपिपलका आशिष खत्रीको गत जेठ २ गते दुर्घटनामा मृत्यु भएको थियो ।

मृतक खत्रीको परिवारलाई अमेरिका स्थित नेपालीहरुको साझा संस्था ‘गो फण्ड’ र अमेरिका सहित बिभिन्न देशमा रहेका उनका साथी शुभेच्छुकको सहयोगमा संकलित १५ लाख १२ हजार १२५ रुपैयाँको चेक बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बुधवार हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण पछि बोल्दै मेयर पौडेलले दुःख, अप्ठ्यारो र विपत पर्दा सहयोग गर्ने नेपाली सँस्कार अनुरुप गरिएको सहयोग र पहल प्रेरणादायक कार्य भएको बताए । आशिषका बुबा रामबहादुर खत्री र परिवारका सदस्यहरुले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *