बागलुङमा स्कुटर दुर्घटनामा दुई घाइते

आदर्श अनलाईन, बागलुङ

बागलुङ नगरपालिका–१ गणेश घुम्ती नजिकै आज ७ः३० बजेको समयमा ध १ प ३४१९ नम्बरको स्कुटर दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

एकादशिको दिन कालिगण्डकी नदिमा स्नानको लागि जाँदै गर्दा स्कुटरको टायर पन्चर भई दुर्घटना भएको हो । दुर्घटनामा परी बागलुङ नगरपालिका–२ का ५५ बर्षिय जितबम मल्ल र उनकी श्रीमती ४६ बर्षिय जयन्ती मल्ल घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो ।

दुवै जनालाई धौलागिरी अस्पताल बागलुङमा सामानय उपचारपछि पोखरा रिफर गरिएको छ ।
दुर्घटनामा जयन्ती मल्लको अनुहारमा चोट लागेको छ भने श्रीमानको खुट्टामा चोट लागेको छ ।
टाउकोमा चोट लागेका कारण सिटिस्क्यानको लागि पोखरा पठाइएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *