चार संक्रमितका कन्ट्याक्ट ट्रेसिङ, जसले गर्नेछ जोखिमको फैसला

फाइल तस्बिर, अमर मावि क्वारेन्टिन काठेखाेला

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने संकेत देखिएको छ । जिल्लाको काठेखोला गाउँपालिकामा क्वारेन्टिनको व्यवस्थापनमा खटिएका ३ र सडक डिभिजन कार्यालयमा कार्यरत एक सुपरभाइजरमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढेको छ ।

काठेखोलामा विदेशबाट आइ क्वारेटिनमा बसेका नागरिकलाई खाना खुवाउने २ जना र एक जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएपछि गाउँपालिकाले एक हप्ताको लागि सिल गरेको छ । संक्रमितलाई धौलागिरी बहुमुखी क्याम्पसमा निर्माण गरिएको प्रि–आइसोलेसन र धौलागिरी अस्पतालमा ल्याइएको छ ।

संक्रमतिसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर शंकास्पदको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको काठेखोला गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र लामाले जानकारी दिनुभयो । ‘हामीले संक्रमित ३ जनाकै सम्पर्कमा आएका र सर्ने जोखिम भएका सबैलाई सम्पर्कमा ल्याउने कोशिस गरेका छौँ, उहाँले भन्नुभयो ‘अहिले सम्पर्कमा भएका, स्वाब लिएकाहरुलाई होम क्वारेन्टिनमा बस्न भनेका छौ ।’

स्वास्थ्य शाखा प्रमुख लामाले संक्रमितहरुले २० जनासँग सम्पर्कमा आएको र उनीहरुको नाम दिएका थिए । हालसम्म २० जनाको स्वाब संकलन गरि पठाइएको स्वास्थ्य शाखा प्रमुख लामाको भनाई छ ।

बागलुङ नगरपालिकामा सडक डिभिजनका सुपर भाइजरमा कोरोना संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाको पहिचान गरेर शंकास्पदको स्वाब लिइएको बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

ढकालले संक्रमित भएका सुपरभाइजर गाडीबाट आए लगत्तै क्वारेन्टिनमा बसेको र उनीसँग धेरै नागरिहरु सम्पर्कमा नआएको ढकालको भनाई छ । उहाँले दिएको जानकारी अनुसार संक्रमति सुपरभाइजर कोठामा आफ्ना छोरा र कार्यालयमा केही कर्मचारीसँग सम्पर्कमा आएको पाइएको छ ।

सडक कार्यालयका गाडी चालक सहित २ जनाको स्वाब पठाइएको उहाँको नभाई छ । उनीहरुको रिपोर्ट आउन १/२ दिन लाग्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *