आदर्श अनलाइन, काठमाडाै
नेपाली कांग्रेसकी नेतृ एंव सांसद ज्ञानकुमारी छन्त्यालको निधनले कांग्रेस शोकमा डुबेको छ। सांसद ज्ञानकुमारी छन्त्यालको ६६ बर्षको उमेरमा निधन भएको छ ।
उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो। उनको पार्थिव शरिरलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धान्जली दिइएको छ। उनलाई श्रद्धान्जली दिन सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता गोपालमान सिंह लगायतका शिर्ष नेताहरू सानेपा पुगेका छन्।
छन्त्यालको निधनप्रति सभापति देउवाले दुःख व्यक्त गरेका छन्। ‘नेपाली कांग्रेसकी नेतृ एवं सांसद ज्ञानकुमारी छन्त्यालको असामयिक निधनको खवरले म निकै दुखि भएको छु,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
कांग्रेस सभापति देउवा सहित शीर्ष नेताले दिए सांसद छन्त्याललाई अन्तिम श्रद्धाञ्जली
