कृषिता अधिकारी (निशा)
कति रमाइलो अनि कति चाख लाग्दो थियो समय अनि त्यो दिन । भर्खरैका अल्लारे ठिटाठिटीहरु पनि गाउँ घरमा रमाइलो गर्दै मेला महोत्सवहरुमा समावेश हुन्थे । पहिलाको रोधी बस्ने चलन चल्ती बस्ने कति रमाइलो आहा ! छर छिमेकमा ऐचो पैचो सरसल्लाह गर्दाको क्षण कति उत्साहपूर्ण थियो है । अझै पनि याद छ मलाई गाउँघरमा तिहारको देउसी भैलो खेल्नको लागि हाम्रो अंकलहरु गाउँका ठिटाहरु जम्मा हुने गर्दथे । आफै सृजना गर्दै गित बनाउँथे र नाँच्थे । रातको समयमा हामी केटाकेटी भैली आए भन्दै घर बाहिर निस्कन्थौ । साँच्चै नै जाडो नभनिकन निद्राको समेत प्रवाह नगरिकन ती दिनहरु आजभोली सम्झन्छन् या सम्झदैनन् होला ? तर, उमेरले बच्चै भए पनि मेरो अझै पनि स्मृतिका पानाहरुमा झल्किरहन्छन् । साँच्चै ती दिन सपना जस्तै लाग्छ, जब रेडियो क्यासेट बजाइन्थ्यो, मेरो अंकलले क्यासेट घन्काउदा मानौ, गाउँघरनै रमाउँथ्यो । साथीसंगी जम्मा भएर डण्डिबियो खेल्थे अनि काठको भुरुङ बनाएर नचाउँथे । कति मनमोहक लाग्छ ती पूराना र दिनहरु अहिले सम्झदाँ । समयले कति छिटो फन्को मारिसकेछ है । हिजोका ती दिनहरु आजको विज्ञान र प्रविधि अझ भनौ इन्टरनेटको जमाना संगै मानिस मानिस बीचको जुन सामिप्यता थियोे । एक अर्कोमा माया सद्भाव थियोे । आजको यो जमानाले हराइदिएछ । खै कता कता बिलाइगएछ ।
यतिबेला मलाई मेरो हजुरबुबाको सम्झना आइरहन्छ । अनि उहाँले हाल्ने गरेका ती लोभ लाग्दा र रमाइला कथाहरु जसमा हामी केटाकेटी ध्यान केन्द्रित भएर सुन्ने गर्दथ्थौ । त्यस्तै आजभोलि त मानिसहरु यति धेरै व्यस्त हुन्छन् । जहाँ भजन गीत संगितको कुनै वास्ता नै हुदैन । तर, हामी केटाकेटी हँुदाको क्षण स्वस्थानीको कथा सुन्न वा पढ्न तछाडमछाड गथ्र्यौै र गाउँघरका मानिसहरु जम्मा भएर सुन्थ्यौ । त्यस्तै अझ पनि मलाई बच्चै हुन मन लाग्ने साउने संक्रान्ति त्यो दिन खास अनि विशेष लाग्ने किन थाहा छ ? त्यो दिन जंगली झारहरु बटुलेर लुतो फाल्ने दिन केटाकेटीमा हुँदा कति रमाइलो गथ्र्याै । हामी जाबो जंगलको झार पनि कसैले माग्छ कि भनेर लुकाउने गथ्र्यौ ? आजभोलि गाउँ घरमा केही हदसम्म त छ होला । तर, विस्तारै–विस्तारै समयसँगै हराउँदैछ । हुन त आजभोली खेतबारी जोत्न छाडिसके मान्छेले सबैले शिक्षित र व्यवहारिक भइसके । अब काम गरेर भन्दा पनि बसाएर खाने चलन आइसक्यो । समयसँगै सबै कुरा फेरिदै जादोरहेछ । आजभोलि त प्रकृति पनि एक्लिएकी छिन् ।
सुनसान अनि उराठ लाग्दो बनेको छ । किन थाहा छ ? आजभोलि त मानिसहरु प्रकृतिलाई बिर्सदै गइसकेका छन् । साँच्चै नै आज शुन्य छन् पाखापखेराहरु, अब गुञ्जिन छाडिसके मुरलीका ती मधुर धुनहरु । आजभोलि त गाई,बाच्छा पाल्ने चलन हराइसक्यो । सबै साथीसंगी गाई बाच्छा चराउन बनजंगल रानीवन डुलेको क्षण विरानो लाग्दैछ । विल्कुलै शुन्य लाग्छ, कति छिटो मानिसहरु परिवर्तन भए अनि समय पनि आजको समय हिजोको जस्तो रहेन, अब हाम्रा गाउँघरमा हुलाकी दाइ आउन छाडिसके परदेशीले आमा बाबुको सम्झनामा चिठी लेख्न छाडिसके । तर, त्यसो भन्दै गर्दा परदेशिले माया मारिसके भन्न पटक्कै खोजेको होइन, जतिजति समय विकसित हुँदै गयो । त्यति नै मानिस सँगसँगै विकास र प्रविधिहरु पनि परिवर्तन भएका छन् । आज साँच्चै समय परिवर्तन भएको छ । अब मानिसहरु प्रविधिसँगै आँफुलाई ढाल्ने भइसकेका छन् ।
कारण अब मानिस कम्प्युटरको माध्यमबाट काम गर्छन् । विधुतिय उपकरणबाट आफ्नो जिवनशैली परिवर्तन गरिसकेका छन् । जसरी हिजो कुटो कोदालो गरिन्थ्यो । आज मेसिनरी सामान प्रयोग गर्ने भैइसकेका छन् भने हिजोको तुलनामा मानिसहरु पनि शिक्षित बन्दै गएको अवस्था छ । भने अर्कोतिर गाउँघरमा मानिसको जनसंख्या पनि विस्तारै कम भएको छ । अब शहरीकरण बढ्दैछ । आफ्ना भौतिक साधनहरु आधुनिक प्रविधिले जिवनयापन गरिरहेका छन् । जसले आज विश्वभरमा विकास र प्रविधिले ठूलो स्थान पाएको छ । आज गाउँ–गाउँ, जिल्ला–जिल्लामा यातायात व्यवस्था, उद्योग कलकारखाना देखि लिएर इन्टरनेटको सुविधा पहुँच पुगिसकेका छन् विश्वभरमा ।
इन्टरनेटको पहुँच पुगिसकेको छ, हिजोसम्म हाम्रा हजुरबुबा हजुरआमा, बाआमाले छोरो प्रदेशमा के खाए होला, के गर्दे होला भनेर चिन्ता लिनुहुन्थ्यो । तर,आज प्रविधिले यस्तो बनाएको छ कि मिनेट–मिनेटमा हालखबर प्राप्त गर्न सकिन्छ । विश्वका ताजा र घण्टै पिच्छे कहाँ के भइरहेछ, त्यो थाहा पाउन सकिन्छ । आज इन्टरनेटको माध्यमबाट मेचीदेखि महाकाली सम्मका मानिसहरु संग जोडिन सकिन्छ । साँच्चै नै हिजो स्कुलले साथीहरू आज हाम्रो खल्तिमा छन हाम्रो आँखा वरिपरि छन् । वर्षाे देखि छुटिएका साथिसंगी पनि इन्टरनेटको माध्यमबाट जोडिन पुगेका छन् । सारा संसार यसैमा छ, आज इन्टरनेटले मानिसलाई भुलाएको छ र एक्लाएको पनि । हिजोसम्म गाउँघरमा कति सामिप्यता थियो तर आज छैन । कतिपय कुराहरु राम्रा र ज्ञानवद्र्धक छन् र कतिपय कुराहरू नराम्रा र डरलाग्दा पनि छन् ।
हत्या हिंसा यसैबाट हुन्छ, बलात्कारका घटना यसैबाट हुन्छ, चोरि डकैती यसैबाट हुन्छ । जति–जति विकासले मुल फुटाउदै गयो । त्यतिनै समाजमा नकरात्मक पक्षहरू पनि सबल बन्दै गएका छन् । एउटै घरमा पनि सामिप्यता हराइसक्यो । आजभोलि त परिवार बीच दुःख सुखका कुरा हुनै छाडे सबैको हात–हातमा मोवाइल कहाँ के भइरहेको छ अहँ पत्तो छैन । यहाँ इन्टरनेटको यतिसम्म हाबी भइसकेको छ कि मानिसले कामकाज नै छोडी इन्टरनेटमा व्यस्त हुन थालिसके पैसाको कारोवार मोवाइलबाट, अनलाइन शिक्षा मोवाइलबाट, विद्युतिय विल मोवाइलबाट, पानीको विल मोवाइल यहाँ हरेक कुराहरु मोवाइल इन्टरनेटबाट सेवा सुविधा पाउन थालिसकेका छन् भने मानिसहरु गाउँघरमा खेतबारीमा काम गर्ने भन्दा शहर तिरै सुखी पेशा अपनाउन थालिसके । ओहो ! विकास र प्रविधिले मानिस मानिसको दुरी कायम गरिसकेछ अहिलेको कोरोना माहामारि संगै कस्ले कस्ता फोटा हाले, कस्ले लाईक गरे, कस्ले कमेन्ट गरे, मेरा कति साथि भए, अनलाइनमा को को आए, फलानाले यस्तो फोटो हाले, म पनि के कम त्यो भन्दा राम्रो फोटो राख्छु, सबैको घरघरमा इन्टरनेट जोडिसके म पछि परेछु जस्ता यावत कुराहरु आजभोलि हाम्रो गाउँ समाजमा प्रशस्त पाइन्छ । कति अचम्मको जमाना आए कोहि आफन्त भेट्न आयो दुख सुखका कुराहरु छैन उही फेसबुक इन्टरनेटका कुरा जमाना क्या छ जमाना
।
कोहि इन्टरनेटले बिग्रेका पनि छन त कोहि राम्रो असल व्यक्ति पनि बनेका छन् । वास्तवमा इन्टरनेटको संसार आफैमा गलत होइन, हो जान्नु बुझ्नुपर्छ हामीले इन्टरनेटको दुरुपयोग होइन सदुपयोग गर्न सिक्नुपर्छ । किनकि इन्टरनेटका माध्यमबाट कयौ आत्महत्याका घटनाहरु, अस्लील क्रियाकलाप तथा हत्या हिंसा, चोरी जस्ता जघन्य अपराध भैइरहेका छन् । त्यसैले पनि पारिवारिक सामिप्यताको आवश्यक पर्दछ । एकले अर्काेका समस्याहरु साटासाट गर्नुपर्छ । हामी कतिपय अवस्थामा चिन्दै नचिनेका व्यक्ति प्रती नजिकिन पुग्छौं ।
भरोसा गर्न पुग्छौं । जसले हामीलाई जघन्य अपराधका शिकार बनाइराखेको छ । तसर्थ सम्पूर्ण ईन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु हामी सचेत र सजग बनौ । कसैलाई पनि भरोसा नगरौ यो जमाना विल्कुलै ठिक छैन । किनकि भोलि हामीलाई पनि कुनै त्यस्ता अपराधको शिकार बन्न नपरोस भन्ने सन्देश यस लेख मार्फत दिन चाहान्छु ।