म्याग्दीका कोरोना पुष्टि भएका ४७ दिनका शिशुको अस्पतालमै मृत्यु

आदर्श अनलाइन, म्याग्दी

कोरोना संक्रमित म्याग्दी जिल्लाका एक ४७ दिने शिशुको मृत्यु भएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत शिशुमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ ।
सोही अस्पतालमा जन्मेका ती शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि जन्मेको ४५ दिनको दिन घाँटीको शल्यक्रिया गरिएको थियो ।

अस्पतालमा रहेका उनको घाँटीको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको आइसोलेसेनमा उपचारत शिशुको संक्रमण पुष्टि भएको भोलीपल्ट मृत्यु भएको अस्पताल स्रोत बताउँछ । संक्रमित शिशुको मृत्यु भएपछि उनको सम्पर्कमा आएका चिकित्सक र स्वास्थयकर्मी शिक्षण अस्पतालकै क्वारेन्टाइनमा बसेका छन् । आमाको भने कोरोना रिपोर्ट आउन बाँकी छ । यससँगै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *