बागलुङ बजारबाट विप्लव कार्यकर्ता पक्राउ


–आदर्श अनलाईन, बागलुङ

बागलुङ बजारबाट संकास्पद गतिविधि गरेको आरोपमा विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।

बागलुङ बजार क्षेत्रमा विप्लव सर्मथक नेपाल कम्युनिष्ट पार्टीमा रहेरसंकास्पद गतिविधिमा संक्रिय रहेको आरोपमा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–६ अधिकारी चौर घर भई हाल बागलुङ नगरपालिका–३ बुद्ध चोकमा डेरा गरी वस्ने वर्ष ३३ का महेन्द्र भण्डारीलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी गरिएको छ ।

उहाँले घर नजिकै एमसिसि खारेज गर नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद लेखेको झण्डा राखेको प्रहरीको भनाई रहेको छ । भण्डारीलाई यस अघि २०७६ साउन २८ गते प्रहरीले गिरफ्तार गरी विप्लपमा नरहेको कागज बनाएर रिहा भएका थिए । भण्डारी विप्लव सर्मथक नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेना रहेको खुल्न आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *