बागलुङमा घरको तीन तलाबाट ७ वर्षिय बालक खसे,अवस्था गम्भीर

आदर्श अनलाइन,बागलुङ

बागलुङ बजारमा घरको छतबाट खसेर एक बालक गम्भीर घाइते भएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर–१० भकुण्डे घर भई हाल रामरेखा बस्दै आएका ७ वर्षिय निशान्त विक बिहिवार अपरान्ह घरको तीन तला माथिको छतबाट खसेका थिए । छतमा खेल्ने क्रममा अचानक खसेर गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

गम्भीर घाइते बिकलाई तत्काल उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । धौलागिरीमा सामान्य उपचार पश्चात थप उपचारक लागि पोखरा लगिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *