चर्चित गायक दुर्गेशको नयाँ गीत पनि चर्चा बटुल्दै,२ दिनमै ५ लाखले हेरे

आदर्श अनलाइन, बागलुङ

मोडेलको परिचयमा नयाँ परिचय थप्दै गत वर्षको तीजमा बीच बीचमा गीतबाट चर्चा बटुलेका गायक दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ ।

अघिल्लो वर्ष हिट भएको ‘हामी पनि नाँच्नुपर्छ बीच बीचमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले ब‍ीच्च बीच्चमा -२ सार्वजनिक गरेका हुन्। एउटा फोटो खिच् बोलको उक्त गीत दुर्गेशको आधिकारिक युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो। यो गीत सार्वजनिक भएको दुई दिनमै ५ लाख १३ हजार दर्शकले हेरिसकेका छन् । ५ हजार ४ सय बढिले प्रतिक्रिया जनाएका छन् ।

गीतमा कोरोना भाइरस महामारी र लकडाउनले जन-जीवनमा पारेको असरलाई समेटिएको गायक थापाले आदर्श अनलाइनलाई बताए। लकडाउनका कारण व्यवसायिक क्षेत्रमा पारेको असर, आर्थिक समस्या र यसले निम्त्याएको समस्याका कारण यस पटकको तीज खेल जस्तै हुने संकेत गरेका छन्।

यो बाहेक कोरोना भाइरस फैलावट नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका कदमहरु माथि गीतले व्यङ्ग्य हानेको छ। जनता लकडाउनकै कारण भोकमरी खपिरहे पनि सरकारको तर्फबाट निकै सुस्त काम भएको भन्ने भाव गीतले दिएको छ।

गीतमा दुर्गेशको आफ्नै स्वर र संगीत छ। शब्दमा भने उनलाई राम खत्री र राजन कार्कीले सघाएका छन्। गीतको निर्देशन शिव विकले गरेका छन् भने अर्जुन तिवारी र टोलीको छायांकन छ। भिडिओमा दुर्गेशसहित जीवन सहानी क्षेत्री, जिवी चिरन, सरिता केसी, दिपासा विसी, शिल्पी खड्का, अस्मिता जुरेली लगायतका कलाकार छन्।
यस गीतको म्युजिक भिडियोको लिंक तल छ ।
https://youtu.be/JnGQqc55Wkc?t=4

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *