गोरखामा कोरोना संक्रमित पुरुषको मृत्यु

आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका एक पुरुषको शुक्रबार राति मृत्यु भएको हो ।

असार १६ गते कतारबाट आएका गोरखा पालुङटार नगरपालिकाका ती पुरुषमा स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

पालुङटारस्थित जीवनज्योती माविको क्वारेन्टिनमा बसेका उनलाई लगातार खोकी लागेपछि कोरोना परीक्षण गरिएको थियो । गोरखामा पहिलो पटक संक्रमितको उपचारको क्रममा मृत्यू भएको हो ।

योसँगै गण्डकीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका ५८ र ५५ वर्षे कोरोना संक्रमित पुरुषको यसअघि नै मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *