बागलुङ र म्याग्दी सहित गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि

आदर्श अनलाइन, पोखरा

गण्डकी प्रदेशमा शनिबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ ।

नवलपुरमा ७ जना, म्यादीमा ३, बागलुङ र कास्कीमा २/२, स्याङजा र तनहुँमा १/१ जनामा कोरोना संक्रमण देखिएको हो । म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । रघुगंगा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । म्यादीमा अहिले सम्म १९ जनामा कोरोना देखिएको छ । त्यसैगरि बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ । बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । बागलुङमा कोरोना संक्रमितको संख्या २ सय १ पुगेको छ ।

नवलपरको देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो सगँ नवलपुरमा कोरोना संक्रमितको संख्या २ सय ५७ पुगेको छ । कास्कीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरका वडा नम्बर २१ र २५ का २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको शर्माले बताए । गण्डकीमा अहिले सम्म २ सय ९६ जना कोरोना जिते घर फर्किएका छन् भने ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *