अन्तराष्ट्रिय श्रम संगठनले कोरोना विरुद्ध लड्न एनआरएनएलाई ५ करोड अनुदान दिने

आदर्श अनलाईन, बागलुङ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संग लड्नको लागि अन्तर्राष्ट्रिय श्रम संगठनले गैरआवासीय नेपाली संघलाई ५ करोड बढी अनुदान दिने भएको छ ।

गैरआवसीय नेपाली संघ (एन.आर.एन.ए) का अध्यक्ष कुमार पन्तले अन्तराष्ट्रिय श्रम संगठनबाट ४ लाख २४ हजार ३१० डलर अर्थात् रू ५ करोड १० लाख प्राप्त हुँने बताउनुभयो ।

सो अनुदान रकम कोरोना भाइरसको कारणले प्रभावित भएका मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशमा रहेका नेपाली श्रमिकको हितमा खर्च गरिने अध्यक्ष पन्तले बताउनुभयो ।

कोभिड–१९ (कोरोना भाइरस)ले श्रम बजारमा पारेको प्रभावको अध्ययन गर्दै काम छोड्न बाध्य भएका नेपाली र नेपाल फर्कनेहरुका लागि समेत खर्च हुने पन्तले जानकारी दिनुभएको छ ।

अध्यक्ष पन्तले अन्तराष्ट्रिय श्रम संगठनलाई अनुदान रकमको लागि धन्यवाद दिदै पहिलो चरणमा सहयोग गरिने चार देशमा रहेका नेपाली कुटनीतिक नियोगसंग समन्वय गरि कार्यालय स्थापना गरेर काम सुरु गर्ने बताउनुभएको छ । उहाँले कोरोनाका कारणले काम छोड्न बाध्य भएका नेपालीहरुलाई कानुनी परामर्श समेत दिइने बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *