कोरोना संक्रमित युवाको शव लुकुरवन खोलामा व्यवस्थापन गरिने

साधना पन्त, बागलुङ ।
क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोलाका युवामा कोरोना संक्रमण भएको पुष्टी भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय सुनिल विश्वकर्माको ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टिनमा आइतबार विहान मृत्यु भएको थियो ।

विश्वकर्माको शव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोलामा नेपाली सेना र नेपाल प्रहरीको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो । पोखरा, गोरखा लगाएतका विभिन्न स्थानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध आएको छ, तसैेले हामिहरु सचेत छौ, भण्डारीले भन्नुभयो सेनालाई सहयोग गर्नको लागि मेरो नेतृत्वमा प्रहरी टोलि खटिएको छ ।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको विरामी रहेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मिलन मल्लले जानकारी दिनुभयो ।

असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिका स्थित ससुरालीमा होम क्वारेन्टिनमा बस्नुभएको थियो । श्रीमती र छोरा छोरी सहित असार १२ गते स्वाब संकलनको लागि ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष तीलक पुनले बताउनुभयो ।

श्रीमती, २ छोरी र १ छोराको समेत स्वाब संकलन गरि पठाईएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । १ छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भएपनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले स–परिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडा सचिव देवेन्द्र वस्यालले जानकारी दिनुभयो । स्वाब संकलन गरेर पठाएको ९ दिनमा मृत्यु भएपछि मात्र विश्वकर्माको पोजेटिभ रिपोर्ट आएको छ, देवेन्द्रले भन्नुभयो यो विचमा उहाँको परिवारलाई समेत संक्रमण हुनसक्ने खतरा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *