गलकोट नगरपालिका–११ रिघालाई स्वास्थ्य सामग्रीसँगै आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर ११ लाई रिघाली युके तथा सिङ्गापुरे समाजले स्वास्थ्य सामग्रीसहित आर्थिक सहयोग गरेको छ ।

गलकोट नगरपालिका वडा नम्बर ११ बाट रोजगारको सिलसिलामा विदेश गएका रिघालीहरुले वडालाई आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

समाजले वडा कार्यलयलाई माक्स, स्यानिटाइजर, थर्मल गन, पीपीइ लगायत ६४ हजार बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य सामग्रीसँगै ७७ हजार रुपैयाँ वडा स्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गरि दिएको वडा अध्यक्ष डम्बर श्रीसले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

विपद्को समयमा वडा स्तरका नागरिकहरु जोखिममा पर्ने र स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु उच्च जोखिममा पर्ने भन्दै उनीहरुलाई केही सहजता प्रदान गर्न र जोखिमलाई कम गर्नका लागि आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको समाजले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *