नेपाली सेनाद्वारा सम्मान सहित कोरोना संक्रमितको शव व्यस्थापन

आदर्श अनलाई, बागलुङ

क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला-२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका-४ स्थित लुकुरवन खोला नजिकै व्यवस्थापन गरिएको छ ।

विश्वकर्माको आइतबार विहान ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो ।

असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब संकलन गरिएको भएपनि मृत्यु भएपछि मात्र कोरोना संक्रमण भएको पुष्टी भएको हो । सुनिलको शवलाई नेपाली सेनाको अर्जुन वाड गण अन्र्तरगत सत्रुमर्दन गुल्मका ३ जना सेनाले आइतबार राती अन्तिम सलामी दिएर विदाई गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । खोला नजिक बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको छ ।

पोखरा, गोरखा लगाएतका विभिन्न स्थानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा आएको अवरोधलाई देखेर आफुहरु तयारी अवस्थामा रहेको भएपनि ढोरपाटनमा तेस्तो कुनै गतिविधी नभएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले बताउनुभएको छ ।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको विरामी हुनुहुन्थ्यो । उहाँको फोक्सोको देव्रे भागले भारतमा हुँदानै काम गर्न छोडेको बताईएको छ ।

असार २ गते भारतबाट फर्किएका विश्वकर्मा ढोरपाटन नगरपालिका स्थित ससुरालीमा होम क्वारेन्टिनमा बस्नुभएको थियो । श्रीमती र छोरा छोरी सहित असार १२ गते स्वाब संकलनको लागि ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुङ्गा स्थित छोरेगाउँ माविको क्वारेन्टिनमा पुगेका विश्वकर्माको परिवारलाई सोही दिनबाट क्वारेन्टिनमा राखिएको वडा अध्यक्ष तीलक पुनले बताउनुभयो ।

श्रीमती, २ छोरी र १ छोराको समेत स्वाब संकलन गरि पठाईएकोमा मृतक विश्वकर्मा र एक छोरीको मात्र रिपोर्ट आउन बाँकी थियो । १ छोरी, छोरा र श्रीमतीको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आएको भएपनि विश्वकर्माको स्वास्थ्य अवस्था नाजुक भएको कारणले स-परिवार क्वारेन्टिनको एउटै कोठामा बसिरहेको वडा सचिव देवेन्द्र वस्यालले जानकारी दिनुभयो । मृतक विश्वकर्माका परिवारका सदस्यहरु पुन स्वाब संकलन गरि परिक्षण गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *