आदर्शकर्मी गौतमलाई पहिलो विकास पत्रकारिता पुरस्कार

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डट कमका सह सम्पादक सुवास गौतम पहिलो नगर विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

बागलुङ नगरपालिकाले यसै वर्षबाट प्रदान गर्न सुरु गरेको उक्त पुरस्कारबाट नगद ३० हजार, दोसल्ला र सम्मान पत्र सहित पत्रकार गौतम पुरस्कृत हुनुभएको हो ।

नगरपालिकाको सातौ नगर सभामा पुरस्कार हस्तान्तरण गर्दै बागलुङ नगरप्रमुख जनकराज पौडेलले पत्रकारिताको माध्यमबाट बागलुङ नगरको विकास र गतिविधिमा महत्वपूर्ण योगदान पु¥याएकोले गौतमलाई पुरस्कृत गरिएको बागलुङ नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिको गरेका विकास निर्माणका गतिविधिहरुलाई पत्रकारितको माध्यमबाट आम जनतासंग जोड्ने पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने गरी बागलुङ नगरपालिकाले यसै आर्थिक वर्षबाट उक्त पुरस्कार प्रदान गर्न सुरु गरेको हो ।

‘पत्रकारिताका मुलुक चौथौ अंग र विकासको साझेदार पनि हो, बागलुङ नगरको गतिविधिलाई आमजनतामा पु¥याएर यहाँको विकासमा योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्न विकास पत्रकारिता स्थापना गरेका थियौं,’ मेयर पौडेलले भन्नुभयो,‘यो वर्ष नगर गतिविधि, विकासमा खेलेको बिभिन्न मापदण्डका आधारमा गौतमलाई पुरस्कृत गरेर यसको शुरुवात गरेका छौ, अब निरन्तर प्रदान गरिनेछ।’

राष्ट्रिय समाचार समितिको समेत संवाददाता समेत रहनुभएका गौतमले पुरस्कारले आँफुमा थप जिम्मेवारी र पेशागत रुपमा उत्साह थपिएको बताउनुभयो ।

उत्कृष्ट जनप्रतिनिधि तर्फ लामिछाने सम्मानित

उत्कृष्ट जनप्रतिनिधि तर्फ पुरस्कृत सुर्य लामिछाने र पत्रकार सुवास गौतम

सातौ नगरसभाकै अवसरमा उत्कृष्ट जनप्रतिनिधि तर्फ भने बागलुङ नगरपालिका—१ का वडा सदस्य सुर्य लामिछाने समेत सम्मानित हुनुभएको छ । बागलुङ नगरका १४ वडा मध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने जनप्रतिनिधिको रुपमा लामिछानेलाई सम्मान गरिएको बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले बताउनुभयो ।

‘जनप्रतिनिधिहरु सबैले आफ्नो काम गरिरहनुभएको छ, तैपनि काम गर्ने मध्येबाट पनि उत्कृष्ट काम गर्नेलाई सम्मान गरियो भने हौसला बढ्छ भन्ने लागेपछि हामीले सम्मान गर्ने निर्णय गरेका हौं,’ खड्काले भन्नुभयो,‘जनप्रतिनिधिको रुपमा खड्काको खटाई निकै प्रशंसनीय छ भन्ने आएपछि उहाँलाई यस पटक सम्मान गरिएको हो ।’

बागलुङ नगरपालिका—१ का वडा सदस्य लामिछाने तत्कालिन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । । आफ्ना वडाका नागरिकका समस्या, पिर मर्कामा फिल्डमै उत्रिएर साथ दिने,कोरोना महामारीका कारण मुलुक लक डाउनमा गएपछि आम विपन्न र गरिब मजदुर वर्गको बिवरण संकलन गर्ने देखि राहत वितरण र क्वारेनटाईनमा बसेकाहरुलाई खाना खुवाउने कार्यमा सक्रियताका साथ खटिएका लामिछानेको भुमिकाका कारण सम्मान गरिएको उपप्रमुख खड्का बताउनुहुन्छ । बागलुङ नगरपालिकाले बानपा—१ रामरेखामा क्वारेनटाईन निर्माण गरेर बाहिरबाट आउने नगरबासीलाई त्यहाँ राख्ने व्यवस्था मिलाएपछि त्यसको व्यवस्थापनमा लामिछाने खट्दै आउनुभएको छ ।

क्वारेनटाईनमा आवश्यक सामग्रीको व्यवस्थापन देखि खाना खुवाउने र बागलुङ नगरपालिका—४ स्थित धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको क्वारेनटाईनमा राखिएकाहरुलाई समेत लामिछानेले टोली बनाएर खाना पु¥याउने गर्दै आउनुभएको थियो । लामिछानेलाई पनि नगद ३० हजार सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *