आदर्श अनलाइन, बागलुङ
बागलुङका होटल व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
व्यवसायीहरुले आइतबार प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजू मार्फत सकारको ध्यानाकर्षण गराएका हुन् ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक अर्नुन चोखाल र होटल व्यवसायी संघ बागलुङका सदस्य तालबहादुर कुँवरसहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।
कोरोना भाइसरका कारण गरिएको लकडाउनले होटल व्यवसायीहरु मर्कामा परेको र उनीहरुको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।