इमान्दार एकतीस कामदारलाई सुनको सिक्का

आदर्श अनलाईन, दोहा कतार

कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइजेजले कम्पनीमा कार्यरत ३१ जना कामदारलाई सुनको सिक्का प्रदान गरेको छ ।

कम्पनी मालिक आसर अल अलीले कम्पनीमा इमान्दारीताका साथ उत्कृष्ट काम गर्ने नेपाली, भारतीय तथा बंगलादेशी कामदारहरुलाई ५, ५ ग्रामको सुनको सिक्का इनाम स्वरुप प्रदान गरेका हुन।

पुरस्कार स्वरुप सुनको सिक्का पाएर खुशीले दङग भएका कामदार मध्येका कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्करमा पदोन्नती भएका कामदारले यस कम्पनीमा काम गरेर कमाएको पैसाले आफनो घरको आर्थिक जोहो राम्रो भएको बताए । नासर अल अली इन्टरप्राइजेज कम्पनी आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक असाध्यै सहयोगी हृदयको भएकोले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक भएको बताए ।

त्यस्तै अर्का इमान्दार कामदार पनि कम्पनीका मालिक असाध्यै सहयोगी मनको भएकोले आफुले प्रवासमा पनि मालिक नभएर अविभावक पाएको बताए । आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको बताउने हुँदा कम्पनी मालिकले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनैै समस्या भए अविभावकको रुपमा सघाउने गरेको बताए ।

कम्पनी मालिक आसर अल अलीले आफुले आफना कामदारहरुलाई मित्रवत् व्यवहार गर्ने गरेको बताउदै सवै कामदारहरु सदैव खुशी रहुन् भन्ने चाहेको र उत्कृष्ट काम गर्ने कामदारहरुलाई उचित इनाम दिएर प्रोत्साहन गरिरहने बताए । उनले भने कम्पनीमा कार्यरत् कामदारहरु आफनो देशमा फर्केर जाँदापनि आफनो कम्पनीको याद सदैव गरिरहोस् उनीहरु सुखी रहुन् भन्ने इच्छा रहेको छ ।

कम्पनीले विभिन्न समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि पुरस्कार स्वरुप प्रदान गर्दै कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *