दिपेन्द्र परियार
जैमिनी नगरपालिका वडा नम्बर ७ जैदिका जनजाति समुदायका पशुपालक कृषकलाई बाख्रा वितरण गरिएको छ ।
जैमिनी नगरपालिकाको चालु आर्थिक वर्षको आदिबासी जनजाति आय आर्जन तथा शशक्तिकरण शिर्षक अन्तर्गत छुट्टाइृएको रु १ लाख बराबरका २२ वटा बाख्रा जनजाति समुदायका अति विपन्न २२ घर परिवारलाई वितरण गरिएको जनजाति समिति वडा नम्बर ७ का सचिब सुरेन्द्र बहादुर रानाले बताए ।
रानाका अनुसार कतिपयको घरमै बाख्रा भएकालाई नगद रकम समेत प्रदान गरिएको छ ।