आदर्श अनलाइन, पर्वत
पर्वतमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।
समयमै अस्पताल पु¥याउन नसक्दा पैयूँ गाउँपालिका वडा नम्बर २ की २२ वर्षीया तारा आचार्यको ज्यान गएको हो ।
स्थानीय स्ववास्थ्य चौकीमा उपचार हुन नसकेपछि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले बताउनुभयो । आचार्य एक महिनादेखि उक्त रक्तचापको बिरामी रहेको बताइएको छ । जिल्लामै गुणस्तरी सेवा प्रवाह नहुँदा ज्यान गुमाउनु परेको परिवारको गुनासो गरेका छन् ।