संकटमा सम्भावना खोज्दै युवा

तस्बिरः बागलुङ बजारमा युवा व्यवसायी श्रेष्ठले शुरु गरेको ‘ब्राउन आइज मार्ट’

–बजारको केन्द्रमा भागमा खुल्यो ‘ब्राउन आइज मार्ट’

दिल शिरीष, बागलुङ

कोरोनाले मुलुकको अर्थतन्त्र ठप्प प्रायः छ । व्यापार व्यवसाय धरापमा छन् । साना व्यवसायीलाई सानै पिर छ, ठुला लगानी गरेका व्यवसायीलाई ठुलै पिरलो छ । र त कोरोना संकटको अनिश्चयका बीच सानादेखि ठुला व्यवसायी दैनिक पिर, चिन्ता र गुनासो गरेरै दैनिकी बिताइरहेका छन् ।

तर, तीनै व्यवसायीका बीचमा यस्ता सिर्जनात्मक सोच र साहस भएका युवा व्यवसायी पनि छन् । जसले विश्वव्यापी रुपमा आततायी बनाएको कोरोना भाइरसले निम्त्याएको संकट मात्र होइन, यही संकट भित्र सम्भावना खोज्ने र अवसर सिर्जना गर्ने कोशिस गरिरहेका छन् । तीनै मध्ये एक हुन् बागलुङ नगरपालिका-२ का सुवास श्रेष्ठ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनले धेरै व्यापार व्यवसायको भविष्य अन्योलमा देखिए पनि श्रेष्ठले संकटमै सम्भावनाको खोजी गर्दै बागलुङ बजारमै सबै भन्दा ठूलो ‘ब्राउन आइज मार्ट’ शुरु गरेका छन् । यस कार्यमा उनका दिदी मिना श्रेष्ठ, भाई सुन्दर श्रेष्ठ र बुहारी सिर्जु श्रेष्ठको दरिलो साथ पनि छ ।

बागलुङ बजारमा युवा व्यवसायी श्रेष्ठले शुरु गरेको ‘ब्राउन आइज मार्ट’

बागलुङ र पोखरामा ब्राउन आइज पार्टी प्यालेसलाई ‘ब्राण्ड’को रुपमा स्थापित गरे पनि श्रेष्ठको यो व्यवसाय कोरोनाका कारण देशमा लकडाउन भए पछि ठप्प छ । यति मात्रै होइन, पार्टी प्यालेससँगै बागलुङ र पोखरामा रेष्टुरेन्ट, बागलुङमा फिल्म हल, जिम हल पनि रोकिएका छन् । नेपालमा लकडाउन खुकुलो बन्दै गए पनि श्रेष्ठको यि व्यवसाय खुल्ने प्राथमिकतामा छैनन् । अझै कहिले खुल्ने भन्ने पनि टुंगो छैन । विभिन्न व्यवसायमा १० करोड भन्दा बढि लगानी गरेका उनको सबै व्यवसाय एकै पटक बन्द हुँदा पनि उनमा ठुलो भय र संशय देखिदैन । बरु युवा व्यवसायी श्रेष्ठमा मानव जीवनकै कठिन संकटकै बीच नयाँ व्यवसायको पृथक सोच र साहस देखियो । ‘यो धेरै कठिन संकट हो मानिसका लागि । त्यसमा पनि करोडौ लगानी गरेका व्यवसायीका लागि अझ बढि जोखिम, तनाव र दबाबको समय हो,’ श्रेष्ठले भने, ‘तर समस्या र चूनौतिबाट भाग्ने कि समयले सिर्जना गरेको संकटमा नयाँ सम्भावना र अवसर खोज्ने भन्नेमा मैले दोस्रो विकल्प रोजेको हुँ ।’

असार १५ मा किसानलाई रोपाई र दहि चिउरा खाने हतारो हुँदा व्यवसायी श्रेष्ठलाई भने बागलुङ बजारको मुख्य केन्द्र भाग महेन्द्रपथ अदालत रोडमा ३ हजार स्क्वायर फिटमा बागलुङ बजारकै सबैभन्दा ठूलो ‘ब्राउन आइज मार्ट’ सञ्चालनको हतारो थियो । घरको किचनदेखि कस्मेटिक, सिफुड सम्म सबै खाले अत्यावश्यकीय सामान एकै ठाउँमा उपलब्ध गराउने गरी मार्ट सञ्चालनमा ल्याएको उनले बताए । ‘ठुलो लगानीमा राम्रो सञ्चालनमा रहेका सबै व्यवसाय एकै पटक बन्द भएको र कहिले खुल्ने भन्ने पनि अनिश्चित भए पछि नयाँ व्यवसाय गर्ने आइडिया दिमागमा आयो,’ श्रेष्ठले भने । यसका लागि करिब ४५ लाख रुपैयाँ लगानी गरेको उनले जानकारी दिए । मार्टमा ६ जना युवालाई रोजगार समेत दिएका छन् ।

मार्टमा अहिले खाद्यान्नका धेरै आइटम उपलब्ध छ । लकडाउनकै बेलामा सामान ढुवानी गरेर ल्याउँदा सबै सामान अझै आउन बाँकी छ । मार्ट विहान ६ बजेदेखि राति ९ बजे सम्म खुल्नेछ । आगामी दिनमा घरघरमै सामान पु¥याउने गरेर अर्डर लिने र होम डेलिभरी गर्ने पनि योजना श्रेष्ठको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *