एकै दिन बागलुङका ४२ कोरोना संक्रमति निको भएर घर फर्किए

बागलुङ
बागलुङका थप ४२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

धौलागिरि अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुइटा प्रि–आइसोलेसनमा बसेका ३५ गरी ४२ जना कोरोना संक्रमणमुक्त भएर बुधबार घर फर्केका छन् ।

उनीहरुको दोस्रो पटकको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकालाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको बताउनुभयो ।

डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना, बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ जना छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *