सरोजराज पन्त
संसार आज कोरोना भाइरस कोभिड १९ को महामारीसँग लडिरहेको छ । यसको प्रभावले हामी सबैलाई सामाजिक,साँस्कृतिक, आर्थिक, मनोवैज्ञानिक पक्षमा दुरगामी असर परेको छ । कोभिड १९ बाट बच्न चैत १० गतेबाट गरिएको बन्दाबन्दीमा सूचना तथा सञ्चारका साधनहरु टेलिफोन, मोबाइल फोन, पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि दुखको साथी बनेका छन । मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर, आइफोन आदिमा इमेल, इन्टरनेट, फेसबुक, ट्विटर, म्यासेञ्जर, गुगल, ब्लुटुथ, सेरइट लगायतका विविध सूचना तथा सञ्चारका साधनहरुले आज विश्व र समाजलाई हेर्ने र नियाल्न सहज बनेको छ । विश्वव्यापीकरणको प्रक्रिया गर्न विश्व एक गाउँमा विकसित भएको छ । विश्वमा भएका सबै विकासक्रम, घटना, नवीनतम खोज आविष्कारसँगै विश्वमा विकास गर्नका लागि सूचना प्रविधिले आज जीवन सरल र सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
जीवनलाई अध्ययनशील, व्यवहारिक, प्रतिस्पर्धी खोज अनुसन्धान कार्यमा अगाडि बढाउन, समस्या समाधान गर्न, स्वास्थ्य रहन, टेली स्वास्थ्य सेवा मार्फत् रोग निको पार्नदेखि अध्ययनमा रहेका समस्या समाधान गर्न, शिक्षण सामग्रीको प्रयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी, अर्थपूर्ण बनाउन, अध्ययन अनुसन्धानमा लाग्न, विश्वमा विकसित घटनाक्रम, आविष्कार भएका नयाँ प्रविधि, आयामहरुको जानकारी प्राप्त गर्न जीवनलाई सरल ढङ्गले जीउन र विषयहरुको अध्ययन गर्न गुगल गुरु मार्फत् अपूर्णतादेखि पूर्णतासम्म पुग्न सहयोग पुर्याउदै आएको छ । विज्ञानले आविस्कार गरेका सम्पूर्ण वस्तु र चीजको फाइदामात्र नभई बेफाइदा पनि हुन्छन् ।
आज सूचना प्रविधिको विकासले जीवन र जगतलाई सहज, सरल, आरामदायी, सुविधायोगी र चमत्कारिक बनाएको छ । विकास निमार्ण, स्वास्थ्य, शिक्षा, रोजगार आदिमा मात्र नभएर व्यापार,व्यवसायमा व्यापक परिवर्तन ल्याएको छ भने विश्वलाई सानो गाउँ बनाइदिएको छ । यसले जीवन र जगतलाई आश्चर्य बनाएको त छदै छ त्यसैगरी यसको प्रभावले मानिस, क्रृणि, गरिव, सामाजिक, असन्तुलन, बेकामे, मनोरञ्जन, सुखी, भोगीसँगै रोगी पनि बनाएको छ । यसैको माध्यमबाट समाजमा लाइव आत्महत्या, हत्या, हिंसा, बलात्कार, चोरी बढ्दै गएका छन् । धावा बोलेर रकम असुली गर्न लुटतन्त्रलाई पनि यसबाट प्रश्रय मिलेको छ । सूचना प्रविधि र सामाजिक सन्जालले गर्दा नाता सम्वन्ध, परिवार, संस्कार भुल्दै गई मानिस एकोहोरो बन्दै गएको छ ।
कोरोना भाइरस कोभिड १९ कारण बिद्यालय भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सक्ने अबस्था नभएकोले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्रलगायतको प्रयास शिक्षामा सबै शिक्षकले सूचना प्रविधिको प्रयोग गरेमा शिक्षण सिकाईमा जोड दिएको छ र सोहीबमोजिम विभिन्न विद्यालयमा इ-कक्षाहरु सञ्चालन भैरहेका छन् । ‘मैले सुनें भुलें, मैले देखें सम्झें र मैले गरें बुझें ’भन्ने भनाइलाई प्रयोग गर्दै सिक्दै, गल्तीबाट सिक्दै गर्नमा मद्दत पु¥याएको छ । घरमा बस्दा विद्यार्थीहरु÷युवायुवतीहरु सञ्चारका साधनहरुमा झुम्मिएका पनि छन् । कतिपय अभिभावकहरु मोबाइल, कम्प्युटरलगायतका साधनको प्रयोगले आफ्ना नानी बाबु चलाख भएको पढाइमा सुधार भएको बताउँछन् र उनीहरुको ती सामग्रीहरु प्रति सकारात्मक धारणा रहेको पाइन्छ ।
तर जसका नानीबाबु कमजोर छन्, ती पढाइमा भन्दा अन्य कुराको खोजीमा व्यस्त रहने गरेका छन् । उनीहरुको ध्यान ती साधन पाउनेबित्तिकै सानो उमेरका बालबालिकाको कार्टुन, गेममा जाने गरेको छ । त्यसै उमेरले भर्खर जिज्ञासु बनाएको टिन एजमा युवायुवतीहरुको ध्यान खेलमा र मनोरञ्जनात्मक गेमसँगै यौन जन्य भिडियो हेर्ने गरेको विभिन्न अध्ययनले प्रष्ट्याएका छन् । घरभित्र बसेर पढेका छन् भन्ने बनाएर मनोरञ्जन कार्यमा संलग्न हुँदा पनि घरबाहिर ननिस्कने, आजकल सरल भएको भान बाबुआमालाई पारेर आफू बिग्रिंदै गएका उदाहरण पनि हामी सामु छन् । युवायुवतीहरुमा पढ्न पर्दछ भन्ने भावनाको विकास नभएसम्म कहिले खेल, संगीत, नाचगान, फिल्म, भिडियो हेर्ने घरमा ल्यापटप, मोबाइल, कम्प्युटर नपाए, साथीसँग जान कापी, कलम, पुस्तक नभएको निहुँ झिकेर घर बाहिर निस्किने, समयमा घर नर्फकिने, साथीसँग भएका त्यस्ता सामग्रीको प्रयोग गर्ने गरेको पाइन्छ ।
सामाजिक सञ्जालमार्फत बिभन्न अपराधमा १५ वर्षदेखि २५ वर्ष उमेरसमूहको संलग्नता रहेको छ। साइबर अपराध १८ वर्षमुनिका किशोरकिशोरीको संलग्नता २० प्रतिशतभन्दा धेरै छ । बालबालिकाहरुले अज्ञानताकै कारण सामाजिक सञ्जाल दुरुपयोग गर्ने र सामाजिक सञ्जालको उपयोग कसरी हुनसक्छ ? दुरुपयोग के हो ? भन्ने ज्ञानको कमी छ । उनीहरूले आफूले देखेको संसार र इन्टरनेटको संसार फरकफरक हो भनेर राम्ररी बुझेका छैनन ।
सकारात्मक प्रभाव
यसरी सूचना प्रविधिको विकासले जनजीवनलाई सरल, सहज, आरामदायी, व्यवस्थित बन्नको लागि सहयोग पु¥याएको छ । विभिन्न अध्ययन अनुसन्धान गर्न सहज बनाएको छ । मानव जीवनलाई व्यवस्थित ढङ्गले सœचालन गर्न मद्दत पु¥याएको छ । एक्लो हुँदाको साथी, समस्यामा समाधान बनेर आएको छ । जटिल जीवनलाई सरल बनाएको छ । पठनपाठनलाई प्रभावकारी बन्न सहयोग पु¥याएको छ । विश्वमा भएका विविध अनुसन्धानलाई व्यवस्थित गरी ज्ञान, सीप, क्षमताको प्रसारमा टेवा पु¥याएको छ । रोगी, बिरामी मानिसलाई टेलिकम्युनिकेसन मार्फत् उपचारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
विद्यार्थीवर्गलाई मनोरœजनात्मक तरिकाले पठनपाठन गर्न सहयोग पनि पु¥याएको छ । उद्योग, व्यापार, व्यवसाय, प्रयोगशाला, अनुसन्धान केन्द्र आदिमा कतै वाच डगको रुपमा त कतै अनुसन्धानकर्ताको रुपमा अमूल्य सहयोग पुर्याएको छ । केही गरौं नाम, दामसँगै कमाउँ भन्नेहरुका लागि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने सुअवसर प्रदान गरेको छ । अज्ञानतामा ज्ञान, गरिबीमा धन, रोगमा औषधी, एक्लोको साथी, जटिलतालाई सहजता, नैराश्यतामा खुशी, टाढाकालाई नजिक, अपूर्णलाई पूर्ण बनाउन सूचना तथा संचार प्रविधिको गहन भूमिका रहेको छ । तर यसको प्रयोग गर्ने तरिका, समय, स्रोत साधन विधि प्रक्रियासँगै के, कति, कसरी केका लागि किन प्रयोग गर्ने भन्ने विषयमा सबै नेपाली अभ्यस्तरत हुन नसक्दा कतै प्रयोगविहीन अवस्था छ भने कतै मिस्युज हुन पुगेको देखिन्छ ।
कतिपय विद्यालयमा कम्प्युटर, इ लाइब्रेरी, इ कक्षा, अनलाइन कक्षा सञ्चालन गर्न जनशक्ति रहेको छैन भने कतिपयमा यी स्रोत साधन पुग्न सकेकै छैनन् । पुगेका जनशक्ति भएका ठाउँमा पनि विद्युत र इन्धन अभावमा सञ्चालनमा छैनन् । यस्तै कतिपय ठाउँमा यसको अप्रचलन र दुरुपयोग समेत हुने गरेका छन् । यस्तै व्यक्तिको हातमा हुने सूचना या सञ्चारका सामग्रीहरु पनि कतिपयलाई जीवन सुधारको अमूल्य शक्ति बनेको छ भने कतिपयलाई यही प्रविधिले रोगी, जोगी, भोगी, त्यागी बनाएको छ ।
नकारात्मक प्रभाव
आज सूचना तथा सञ्चार प्रविधिले आमुल परिवर्तन ल्याए पनि यसले सामाजिक सम्बन्धसगै पारिवारिक एकता भंग गरेको नाता, कुटुम्व आफन्तजन आउँदा आपसी सौहादर्ता घटाएको, सवै सूचना तथा सञ्चार प्रविधिमा रमाएर बस्ने प्रचलनले दुख सुखका कुरा गर्न नपाएको, बालबालिकाहरु मोवाइल, ल्यापटप, टेवलेट, आइफोन लगायतका सूचना तथा सञ्चार प्रविधिका साधनमा व्यस्त हुने र गेम खेल्ने, भिडियो हेर्न, फेसबुक चलाउने क्रमश पोर्न भिडियो र फिल्मतिर आकर्षित हुँदा मनोवैज्ञानिक प्रभाव परेको छ ।
आँखा कमजोर हुने, मतिष्कमा प्रभाव पर्ने, अनिद्रा बढने, पानीको मात्र शरीरमा कम भएर कब्जियतको समस्या,सडक दुर्घटना बढेका, तरकारी खाना डडेका, आगालागीका घटना बढेका, योैन, दुराचार, वलात्कार बढेका, उत्पादनशील समय वर्वाद भएको, बालबालिकाले पढ्न मन नगरेको, काममा भन्दा सूचना प्रविधि र सामाजिक सन्जालको फोबियामा ध्यान गएको ग्रामीण क्षेत्रमा, कटुवाला प्रथा, झयाली पिट्ने प्रथा अन्त्य भएसँगै जीविकोपार्जनमा समस्याहरु पनि थपिदैँ गएका छन् । फेसबुक लभले समाजिक असन्तुलन, वहुविवाह, खुला वजारिकरणसँगै चोरी, डकैती, लागु औषधको सेवन र ओसारपसार बढदै गएको छ । यसैगरी हाम्रा अग्रजहरुका अनुसार सामाजिक मेलमिलाप, आपसी सहकार्यमा असमानता थपिएको, वालक, यूवायूवतीहरुमा एकोहोरो पन बढेको, खुला यौन क्रियाकलापलाई प्रश्रय दिएको, गाउँसहरमा अराजकता निम्ताउन प्रत्यक्ष एंव अप्रत्क्ष प्रभाव पु¥याएको बुझाइ रहेको छ । आज सूचना प्रविधिको सदुपयोग भन्दा दुरुपयोग बढी भएकोले मौलिक पन, स्थानिय सेवा वस्तु आदिलाई प्रतिस्थापना गरी खर्चिलो, सेखी भोगी , त्यागी र हढ बन्ने वातावरण सृजना गरेको, पश्चिमी संस्कृति, धर्म र उत्पादनको आयातसँगै परनिर्भरता, जनशक्तिलाई पलायन बढाएको छ ।
यसैगरी सूचना तथा प्रविधिको विकासले अहिले साइवर क्राइम आक्रमण अनावश्यक धावा वोल्ने, गोपनियता भङ्घ हुने, अपारदर्शिता वढदैँ गएको छ । सबै सूचना पढ्रदै गएका छन् भने सामाजिक असन्तुलन वढ्दै जाँदा अस्वच्छ प्रतिस्पर्धाले जरो गाडेको छ । परस्त्री, परपुरुष गमनका समस्याले प्रश्रय पाउँदा जनजीवनमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परेको छ । अपिसमा जाने हाजिर गर्ने, गफागफ, च्याटिङ, फेसवुक, आदिमा व्यस्त हुने र महत्वपूर्ण समय ववार्द गर्दै गएको पाइन्छ । यसैगरी अहिले फेसवुक, टुइटर, म्यासेन्जर, फोन आदिमा अनावश्यक रुपमा दैनिक लाखौँ रुपिँया खर्च भएको छ । मानिसका ३—४ वटा सम्म सीम भएका र फोनवाट अनावश्यक दवाव दिएर चोर्ने, ठग्ने, लुट्ने काम पनि हाम्रो समाजमा थपिदैँ आएका छन् भने मोवाइलका लागि गर्नुपर्ने खर्चले गर्दा दैनिक जीविकोपार्जनमा प्रभाव पारेको छ ।
नौतिक वन्धन, चरित्र, मादर्शता, कर्तव्य परायणताका कार्यमा समेत प्रभाव पारेको छ । अहिलेका सञ्चारको माध्ययम देखाइने विज्ञापनका कारण खाने, लगाउने, दैनिक रुपमा प्रयोग हुने, विलासिताका सामग्रीहरु किनेर उपयोग गर्न संस्कृतिको विकास भएको छ जसले गर्दा आयातमा वृद्दि भई निर्यात कम हुदैँ गएको छ । यसको प्रभाव स्वरुप गाउँका मानिस सहरमा बस्ने गाउँमा वुढावुढी काम गर्न नसक्ने मानिस मात्र वस्दा जिउँदामा जन्ती मर्दाको मलामी पनि खेतला खोज्न पर्ने अवस्था छ । गाउँदेखि सहरसम्म उपभोक्तवादी सोचको विकास गराएको छ । यूवा यूवतीहरुमा लाइक , कम्मेन्टको होडवाजी मेरी मेरालाई साइड हानिस भनेर ग्याङ्ग फाइट हुने, डेटिङ्गको नाममा चरित्र हत्या गर्ने, आत्मा हत्या गर्ने, शङ्गाको मारमा विवाह पछि सम्बन्ध विछोड हुने समस्या पनि छलङ्ग देखिएका छन् ।
किशोरकिशोरीहरू सामाजिक सञ्जालको चरम दुरुपयोगमा संलग्न हुने र उनीहरू प्रेम सम्बन्ध रहुन्जेल गोप्य अंगका तस्बिर र भिडियो आदानप्रदान गर्ने गर्दछन् । प्रेमसम्बन्ध बिग्रिएपछि पहिलाका गोप्य र अन्तरंग दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेर बदला लिने र गोप्य अगंका तस्बिर तथा भिडियो देखाएर बार्गेनिङ गर्नेको संख्या पनि बढेको छ। फेसबुकमा नक्कली आइडी खोलेर अश्लील सामग्री राखेको घटनाले अत्तालिएर ‘आत्महत्या’ गरेको पाइन्छ । अहिले देखिएका लाइव ‘आत्महत्या’बाट पनि सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवतीमा पर्ने देखिन्छ । बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोग गर्दा समाजमा नयाँ खालका सामाजिक विचलन ल्याएको छ ।
सूचना तथा सामाजिक सञ्जाले यूवावर्गमा मात्र नभई वैवाहिक जीवनमा बाँधिएका रोजगारका लागि घर छाडेर बाहिर गएका वैदेशिक रोजगारकालागि विदेशीन वाध्य भएका मानिसलाई पनि प्रभावित बनाएको छ । सूचना तथा सञ्चार मार्फत नजिकाउने मात्र होइन सदाका लागि टाढा बनाउने कार्य पनि गराएको छ । श्रीमान श्रीमती विदेश गएपछि परपुरुष परस्त्रीसँगको फेसबुक लभले गर्दा घरबार विगार्ने काम गरेको छ । दुःखसँग कमाएर पठाएको रकम मोजमस्तीमा सकाउने फर्किदा न श्रीमती न पैसा भएर पीडामा तड्पिन विवश बनाएको छ । विभिन्न अपराध एवं हिंसा बढ्नु , खुला सिमानाको कारण सहज किसिमबाट लागू औषधको प्रयोग, ओसारपसार र यसको कारण विभिन्न खाले आपराधीक घटनाहरु बढ्नु, लागू पदार्थ प्रयोगकर्ताहरु सबै खाले संक्रमणको साथसाथै यौनजन्य रोगहरु एचआइभी र हेपाटाइटिसको संक्रमणसँगै मौलिक पन, स्थानिय सेवा वस्तु आदिलाई प्रतिस्थापना गरी र्खचिलो, सेखी भोगी , त्यागी र हठ बन्ने वातावरण सृजना गरेकने पश्चिमी संस्कृति, धर्म र उत्पादनको आयातसगै परनिर्भरता बढाएको छ ।
समाधानका उपायहरु
सर्वप्रथम साइबर कानूनको व्यवस्था गरी यसको पूर्ण कार्यान्वयन गर्ने र यसको प्रयोग गर्ने उमेर समूह र समय, कितान गरी नकारात्मक वस्तुहरु हटाउनु पर्ने । सचेतनामा वृद्दि गरी यसको सदुपयोग तर्फ सबै जनाले परिवारलाई सचेत तुल्याउनु पर्ने । नेपालको आर्थिक अवस्थालाई आत्मसाथ गरी वढी खर्चिला, मडकिला, सूचना तथा सञ्चार साधनको आयात प्रयोगमा रोक लगाउनु पर्ने । सामाजिक सञ्जालको प्रयोगबारे बालबालिकामा जनचेतना जगाउनुपर्ने । बालबालिकालाई सामाजिक सञ्जालको दुरुपयोगबाट बचाउन उनीहरूलाई यसको प्रयोगबारे ज्ञान दिनु पर्ने । अभिभावक, समाज र राष्ट्रले इन्टरनेट निर्दोष र अन्जान बालबालिकाका साथी होइन भनी राम्ररी बुझ्नुपर्ने ।
बालबालिकालाई एकान्तमा इन्टरनेट चलाउन नदिने र कम्प्युटर बालबालिकाको कोठामा नराखी सबैले देख्ने ठाउँमा राख्नु पर्ने । सूचना प्रविधिको क्षेत्रमा सबै मनोरञ्जनात्मक सामग्री नराखी ज्ञानवर्दृक, प्रभावकारी, सृजनशील सामग्रीमात्र राख्ने व्यवस्था गरिनु पर्ने देखिन्छ । बेलुकी निश्चित समयपछि इन्टरनेट बन्द गर्ने ।सामाजिक सञ्जालमा गर्न हुने र नहुने कुराको जानकारी दिनु पर्ने । दुरुपयोग गर्न व्यक्ति, समूह संघ संस्थालाई कडा कारवाही गर्ने व्यवस्था गर्नुृपर्ने र असललाई यसैगरी पुरस्कृत गर्न परिपाटीको थालनी गर्ने । सूचना तथा सञ्चार प्रविधिले ल्याएका विकृतिहरुलाई हटाउन व्यतिm, परिवार, समाज, स्थानिय सरकार, प्रदेश, केन्द्रीय सबै सरकार एक हिक्का भई अगाडि बढ्र्नु पर्ने आदि ।
निश्कर्ष
आज सूचना तथा सञ्चार प्रविधिले जीवनलाई सरल, सहज, सृजनशील, खोजमूलक, जिज्ञाशु बनाउदै लगेको छ जसवाट हजारौ मानिसले रोजगार प्राप्त पनि गरेका छन् । राज्यले राजश्व पनि संकलन गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधान, विकास निमार्ण कार्यमा यसले अनेकैँ आयाम थपेको छ । यसका सकरात्मक प्रभाव भन्दा नकारात्मक प्रभाव हेर्दा “बाँदरको हातमा नरिवल” जस्तो हुन पुगेको छ । अनावश्यक कुराकानी जस्तै उठीस, मुख धोइस, चिया खाइस, के गदैँ छस्, घुम्न जाउँ जस्ताजmोनका कुरा फिल्म, टेलिसिरियलको लत, लाइक, कम्मेटको खेती, कसको ठूलो र बहुमुल्य मोवाइल, टिभी, ल्यापटप, कम्प्यूटर, भनी हुने अस्वच्छ प्रतिस्प्रर्धा, महत्वपूर्ण वैठक छलफल र कक्षामा मोवाइल खेलाएर बस्ने वानीको विकासले मानिस आफै भुलक्कड, मनोरोगी बन्दै गएको छ । यसरी सूचना प्रविधिको विकासले आज जति सकरात्मक परिवर्तन ल्याइदिएको छ त्यहाँ भन्दा बढी यसको दुरुपयोग सामाजिक सांस्कृतिक आर्थिक समस्या, वेमेल पनि वनाएको छ ।
मानिसहरु यसको कारण जतिछिटो जोडिएका छन् त्यतिनै छिटो टाढिदैँ पनि गएका छन् । यसको दुरुपयोगको कारणले गर्दा यस्तै गरी मनोवैज्ञानिक प्रभावको कारण मतिस्क, प्रेसर, तनाव, नसा सम्बन्धी रोगी पनि बढदैँ गएका छनु अनि आँखा कमजोर भएर सानै उमेर देखि चश्मा प्रयोग गर्न वाध्य पनि भएका छन् । ल्यापटप, ट्यावलेट काखमा राखेर लामो समय चलाउँदा ( जीन एक्स्पानसन ) सन्तान उत्पादन क्षमतामा ह्र्रास आएको र आउन सक्ने खतरा पनि क्रमश वढ्दै गएको छ । सरकारले यौनजन्य अश्लील सामग्रीको पहुँच इन्टरनेटका सामग्रीले बलात्कार र हिंसाका घटना बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानूनले यौनजन्य अश्लील सामग्रीहरुको आदान–प्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको स्मरण गराउँदै यौनजन्य अश्लील सामग्रीको नेपालभित्र पहुँच रोकिएको स्पष्ट पारेको छ ।
अश्लील सामग्रीको विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट आदान–प्रदान, प्रकाशन र प्रसारण नगर्न विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुचँमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु बन्द गर्न आवश्यक भएकोले इन्टरनेटको माध्यमबाट यस्ता यौनजन्य अश्लील सामग्रीको नेपालभित्र पहुँच रोक्ने व्यवस्था गर्न दूर सञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जाल संचालक तथा प्रयोगकर्तालाई मन्त्रालयले आग्रह समेत गरेको छ । त्यसैले यसका सकारात्मक र नकारात्मक कुरालाई केलाएर के गर्दा राम्रो हुन्छ भन्ने चेतनाको स्तरमा पुग्न नसक्केसम्म सूचना तथा प्रविधिको सदुपयोग हुन सक्दैन । अतः यस तर्फ पढेबुझेका, शिक्षित मानिसबाट सकारात्मक सोच ल्याउन अत्यन्त जरुरी छ ।