बाढी पहिरोले म्याग्दीमा २२ जना बेपत्ता

म्याग्दी
अविरल वर्षाका कारण म्याग्दीमा हालसम्म २२ जना बेपत्ता भएका छन् भने एक जनालाई खोलाले बगाएको छ ।

वेपत्ता हुनेहरुमो धौलागिरी गाउँपालिकाको मराङमा १२ जना सम्पर्क विहीन रहेकाका छन् भने ४ वटा घर पूर्ण रुपमा क्षती पुगेको छ । धौलागिरी गाउँपालिका–७, ताकममा २ जना पहिरोमा बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मराङका १० जनाको मृत्यु भएको स्थानीयबासीले खबर गरे लगत्तै प्रहरी घटना स्थलमा पुग्दै छ।

दुखु खोलाले एक जना महिला बगाएर बेपत्ता भएकी छन। खोला तर्ने क्रम मालिका गाउँपालिका वडा ६ दुखुकी करिव ३८ वर्षिय महिलालाई खोलाले बगाएर बेपत्ता भएको मालिका गाउँपालिका प्रमुख श्रीप्रसाल रोकाले जानकारी दिनु भएको छ ।

मालिका गाउँपालिका ५ देबिस्थानमा ७ घर जोखिममा रहेका छन भने बिममा पनि ८ जना बेपता भएको भन्ने खवर छ, मोबाईल सम्पर्क भएको छ तर घटनास्थल जानेलाई निकै कठिन रहेको प्रमुख रोकाले जानकारी दिएका छन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *