ताराखोलामा २५ घर पहिरोको जोखिममा

पूर्णभद्र निउरे, ताराखोला
बिहिबारदेखि लगातार परेको अविरल वर्षाका कारण ताराखोला गाउँपालिकामा २५ घरभन्दा बढी पहिरोको जोखिममा परेका छ्न ।

गाउँपालिकाको वडा नम्बर ४ को नागबेली बेलास्पुर, पट्टिपाखापानी गाउँका करिब १२ घर र वडा नम्बर ५ को धस्मर गाउँ का १३ घर पहिरोको जोखिममा परेको वडा नम्बर ४ का वडा सदस्य ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।

लगातार पानी परिरहेको र बस्तीको अगाडि र पछाडीबाट पहिरो झरिरहेको हुँदा जोखिममा पेरेका परिवारलाई छिमेकीकोमा आश्रय लिएर बसेको स्थानीय मन बहादुर घर्तीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *