प्रहरीले नष्ट गर्‍यो ९५ केजी गाँजा,१० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान

आदर्श अनलाइन, बागलुङ

जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार ९५ केजी गाँजा नष्ट गरेको छ ।

असार १२ गते बागलुङको निसीखोला गाउँपालिकाका वडा नम्बर ६ का वडा अध्यक्षको घरबाट बरामद गरेको ८६ र सोही रात ढोरपाटन नगरपालिका–१ देबचोकको खाजा घरबाट बरामद गरेको ९ केजी गाँजा नष्ट गरिएको हो ।

प्रहरीले दुवै ठाउँमा फेला पारेको गाँजाबाट ३, ३ ग्राम परिक्षणको लागि नमुनाको रुपमा छुट्याई बाँकी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्सपेक्टर हेम केसीले जानकारी दिनुभयो । प्रहरीले आफ्नै कार्यालय परिषरमा गाँजालाई जलाएर नष्ट गरेको हो ।

प्रहरीले अवैद्य रुपमा लागु औषध गाँजा लुकाई छिपाई राखेको, सेवन गरेको र विक्रि वितरण गरेको आरोपमा वडा अध्यक्ष सहित १० जनालाई सोही दिन नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बुर्तिवाङमा रहेको देबचोक खाजा घरका सञ्चालक म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर २ का ४५ वर्षीय धनबहादुर भण्डारी र उनकी श्रीमती ४० वर्षीया मिना भण्डारीलाई लागु औषध बेचविखन तथा ओसार पसार, वडा अध्यक्ष सुर्यबहादुर घर्तीलाई लागु औषध सञ्चीति, ढोरपाटन नगरपालिका–१ का २० वर्षीय बिपीन रसाईली, २७ वर्षीय चित्र बहादुर पुन, २५ वर्षीय दलबहादुर पुन, १९ वर्षीय जुनबहादुर विक, १८ वर्षीय मनोज विक, बडिगाड गाउँपालिका–४ का २० वर्षीय गिरे विक र गलकोट नगरपालिका–२ का २० वर्षीय रामबहादुर सुनारलाई लागु औषध प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *