कांग्रेस जागरण : ‘आँफै जाग्ने कि जनता जगाउने’

सम्पादकीय
नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सकिएको छ । संघीय संरचनामा मुलुक गएपछि बनेको पहिलो संरचना अनुसार समिति समायोजन पछि प्रदेश स्तरीय राष्ट्रिय जागरण अभियान गरियो । अभियान यस्तो बेला सञ्चालन गरियो । जतिबेला न सरकार, सरकार जस्तो छ । न मुख्य प्रतिपक्ष, प्रतिपक्ष जस्तो भएको सर्वत्र टिप्पणी र आलोचना छ । कांग्रेस सम्वद्ध अगुवा पत्रकारसँगको एउटा अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले इमान्दारीपूर्वक भनेका थिए, ‘खासमा हामीसंग प्रतिपक्षी हुनुको अनुभव नै छैन, प्रतिपक्ष बन्न तपाइहरुले नै सिकाउनु पर्छ ।’ यसको पछाडीको तथ्य के छ भने सरकारको कमकमजोरी औल्याएर जनताको जनमत आँफु तर्फ केन्द्रित गर्ने अवसर प्रयाप्त हुँदा हुँदै पनि कांग्रेस आँफै कता कता अलमलिए जस्तो, हराए जस्तो, आन्तरिक बिवाद, आग्रह पूर्वाग्रहकै जालोमा अल्झिएको प्रतित हुन्छ ।

प्रतिपक्षी भूमिका राम्रोसंग निर्वाह गर्न नसकेको आलोचना खेपीरहेको कांग्रेसमा यो जागरण अभियानले ऊ आफैलाई जागृत गर्न सक्छ कि सक्दैन ठुलो परिक्षाको बिषय थियो । जागरण अभियान मार्फत सरकार बिरोधी जनमत र आवाजलाई अझी बढी मुखरित गर्ने, पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने मुख्य उद्देश्य थियो । जस अन्र्तगत सदस्यता वितरण, पार्टी प्रवेशदेखि अभिलेख संकलन सम्म थिए । जागरण अभियानका सबै कार्यक्रम, आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जन बाहेक तीन वक्ता मात्र रहने तय गरियो । तर, अपवाद बाहेक अधिक कार्यक्रममा उही पुरानै भद्धा शैली र प्रवृत्तिले निरन्तरता पायो । अभियानमा मुख्यतः नेकपा नेतृत्वको दुई तिहाई सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बिषय र व्यथितिका बारेमा गाउँ गाउँ र जनता माझ लैजान प्रयास गरियो । धेरथोर यसले कांग्रेसलाई बल नै पुगेको छ । जागरणका क्रममा पार्टी भित्रको गुट, उपगुटको दुर्गन्ध भने यसपाली पनि आइरह्यो । जसका कारण काँग्रेस कार्यकर्ता उति धेरै उत्साहित र सन्तुष्ट देखिएनन् । सरकारको भण्डाफोर गर्ने जागरण अभियानमा कार्यकर्ताको सबै भन्दा बढी गुनासो नेताहरुमा भएको विभाजन र गुट उपगुटले काँग्रेस सकिने हो की भन्ने चिन्ता नै बढी प्रकट भयो । काँग्रेसका कार्यकर्तालाई जागरण गर्नु भन्दा पहिले जिल्लादेखि केन्द्र सम्मका नेताहरुमै एकताको मनोविज्ञान र जागरण आउन जरुरी भएको धारणा जनता र कार्यकर्ताले प्रत्यक्ष परोक्ष रुपमा राखे ।

‘जन्मदा काँग्रेस हौं, मर्दा पनि काँग्रेस भएर मर्छौँ’ भन्ने पुरानो पुस्ता कांग्रेसको सबै भन्दा मजबुत जग हो । यही जगमा बंशज, बिरासत र लवीमा हुर्किएका नयाँ पुस्ता नेताहरुको आन्तरिक दन्त बजानको मारमा छन् । उनीहरु कुनै एक दुई नेता नभई काँग्रेस बलियो भएको देख्न चाहन्छन् । कांग्रेस भित्र अर्को समस्या लामो समय सत्ताको बागडोर सम्हालेका कारण कतिपय गलत प्रकरणमा मुछिएको छ । कांग्रेसले यस अभियानका दौरा त्यसको प्रष्ट प्रतिवाद गर्न सकेन । यसमा कांग्रेसले सबै मुद्दामा मोरल्ली (नैतिक रुपमा) र ओरल्ली (वाक पटुटताका साथ) प्रतिवाद गर्ने सामथ्र्य राख्नुपर्छ । जिल्ला समितिको पूर्णतादेखि भातृ संघ संगठन बिवाद र बिघटनको कुसँस्कारले ग्रस्त छन् । यि सबै सवालमा कांग्रेस संस्थापक विपीले भने जस्तो आँफ्नो जिम्मेवारी प्रतिको उत्तरदायित्वबोध कमी तर जिम्मेवारी र अवसर पाउने तर्फ नेताहरुको बढी चाख र मोहको समस्या छ । यसबाट कांग्रेस नेता, कार्यकर्ता सबै मुक्त हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *