म्याग्दी पहिरो : २७ जनाको मृत्यु, ४ बेपत्ता

म्याग्दी
म्याग्दीमा बाढी पहिरोमा परेर बेपत्ता भएकामध्ये हालसम्म २७ जनाको शव भेटिएको छ । ४ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हालसम्म मालिका गाउँपालिका बिमका वर्ष ४० की विष्णु पौडेल, ४ की ईच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निजको ३

महिनाको छोरी निशा नेपाली, विष्णु नेपाली र सन्दिप नेपाली छन् ।

त्यस्तै धवलागिरी गाउँपालिका ६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपालीे, सुरज श्रीपाली, प्रकाश केसी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको शव भेटिएको छ ।

त्यस्तै रघुगंगा गापा ६ ठाडा खानी बस्ने नलिमान छन्त्यालको शुक्रबार नै शव भेटिएको थियो ।
हालसम्म विभिन्न स्थानबाट १२ जना घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरिएको छ । घाइतेमध्य मालिका गापा ७ बिमका पूर्ण बहादुर नेपाली, धवलागिरीको मराङका मन्जिता श्रीपाली, सफल श्रीपाली, सतदेवी बिटालुलाई पोखरा मणिपाल शिक्षण अस्पताल उपचारका लागि रिफर गरिएको छ ।

मालिकाका एक जना बालसिंह रोकालाई काठमाडौँ रिफर गरिएको छ । जिल्ला अस्पताल म्याग्दीमा ७ जना उपचारत रहेका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइतेलाई नेपाली सेनाको हेली र प्रभुको हेलीमार्फत उद्धार गरिएको थियो ।

मालिकाका ६ विमका एलिसा केसी, गीता रोका र धवलागिरी गाउँपालिकाका जनिमा केसी र सविन पुन अझैै बेपत्ता छन् । शनिबार साँझसम्म ८ सय ९६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जसमा धवलागिरीका ५ सय ९०, मालिकाका १ सय ९६ रघुगंगाका ७५ जना र बेनी नगरपालिकाका ५५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

राकेश शर्माकाे सहयाेगमा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *