संभावित प्रकोप बारे सतर्कता अपनाउन विपद् व्यवस्थापनकाे आग्रह

आदर्श अनलाइन, बागलुङ
जिल्ला विपद् व्यवस्थापन समिति बागलुङले जिल्लाबासी सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षा यामसुरु भएसँगै बाढी पहिरोको जोखिम बढ्ने भएको हुँदा जिल्लाबासीलाई सतहर्कता अपनाउन आग्रह गरेको छ ।

समितिको आज बसेको बैठकले वर्षातको समयमा बाढी पहिरोको संभावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि सबै पालिकाहरु तयारी अवस्था रहनु पर्ने निणय गरेको छ ।

समितिको बैठकले उद्धारको लागि विभिन्न संघ संस्था, स्थानीय तहहरुलाई उद्धारका सामग्रीहरु तयारी अवस्थामा राख्ने र प्रत्येक पालिकाले जोखिममा रहेका बस्तीहरु सतर्कता अपनाउन आग्रह गर्ने र सहजक बनाउने निर्ण गरेको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि जिल्लामा सवारी साधान संचालन गरे पनि अन्तर जिल्लामा भने अत्यावश्यक बाहेक संचालन गर्न रोक लगाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *