शुभेच्छा पन्त
विगतको परिपाटि, परम्परा धान्दै आएको यस आर्थिक वर्षको नीति कार्यक्रमले पनि यथार्थमा सुधारात्मक बाहेक केही फरक देखिएको छैन । संकटमा जनताले परम्परावादी नीतिमा सुधार ल्याउन आवश्यक देखिएको बेला, केही महत्वकाँक्षी र लोभलाग्दा शब्दमा आएको नीति कार्यक्रमले समस्या समाधान होईन, स्थानीय सरकारको औचित्य पुष्टि गर्नसमेत चुनौति देखिन्छ
हाम्रो घर समाजमा महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनिन्छ । तर, भनाई, गराई या व्यवहारमा भने धेरै फरक छ । अहिले पनि समाज पितृ सत्तात्मक मानसिकताबाट मुक्त हुन नसकेकाले यहाँ महिलाको भन्दा पुरुषको हैसियत सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक क्षेत्रमा फरक रहेको मानिन्छ । भनिन्छ–‘जहाँ देवीको पूजा हुन्छ, त्यहाँ महिला रमाउँछन्’ । तर ब्यवहार र वास्तविकतामा यो पाइदैन किनकी घर समाजबाटै हिंसाको सुरुवात हुन्छ । यहाँ महिलाहरूको स्थान दोस्रो दर्जामा रहेको छ र हरेक निर्णय पुरुषमा निहित छ । किन एउटी नारी छोरीको रुपमा र छोरी बुहारीको रुपमा प्रस्तुत हुँदा आफूले पाउने अधिकारबाट वञ्चित रहन्छिन् ? देशका आधा आकाश ओगटेका महिलाहरू विरुद्ध बोक्सीको आरोप लगाई मलमुत्र खुवाउने, छोरा नपाए राम्रो नमान्ने र लोग्नेले श्रीमतीलाई छोरा जन्माउन मानसिक वा शारीरिक यातना दिने यति नभए अर्को विवाह गर्ने गरिरहेका छन् । श्रीमतीहरुलाई श्रीमानले जर्वजस्ती भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गर्ने र छोरा भए जन्माउने गरेको, दाइजोको निहुँमा दिनहुँ घर परिवारमा कोलाहल झै–झगडा हुने श्रीमानले धारिलो हात हतियार लिएर श्रीमतीको हत्या गर्ने, शरिरमा तेजाव छर्ने, पेट्रोल मट्टितेल छर्कि आगो लगाउने गतिबिधि हाम्रा समाजमा विद्यमान छन् । यी हिंसाहरूले महिलाको अवस्था निकै जर्जर, कष्टप्रद र पिडादायी बनाएको छ ।
हिंसा मानव अधिकार विरुद्धको कार्य हो । महिलामा शक्ति, स्रोत र साधनको अभाव हुनु भनेकै हिंसा हो । विश्व समुदायमा नै हिंसाबाट कुनै वर्ग, जातजाति, समुदाय, धर्म अछुतो रहन सकेको छैन । घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ अनुसार “घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पु¥याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ र ‘‘घरेलु सम्बन्ध” भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ । घरेलु हिंसा घर परिवार भित्र वा घरदेखि बाहिर पनि समाज भित्रकै आफूले चिने जानेको व्यक्तिबाट वा अपरिचितबाट हुने शारीरिक, मानसिक, यौनजन्य दुव्र्यवहार बलात्कार, वैवाहिक बलात्कार, सामूहिक बलात्कार, अनिच्छित गर्भ, अनिच्छित गर्भपतन, बहुविवाह, बालविवाह, गालीगलौज, चरित्र हत्या, कुटपिट, हत्या आदि हुन् । अहिले घरेलु हिंसा, मानसिक यातना धेरै पाउने गरेकाले समान अधिकारको अभावले महिलालार्र्ई मूल्यहिन र गन्तव्यहिन बनाएको छ । नेपालमा घरेलु हिंसा पीडितले गरिबीको कारण, न्यायलयबाट न्याय मिल्छ भन्ने विश्वास नहुनु, घर परिवार, समाज तथा आफन्तको डर आदीका कारण पीडा सहेर बसेको देखिन्छ ।
परिवारको कुनै सदस्यबाट अन्य सदस्य माथि गरिने शारीरिक, मानसिक, आर्थिक यौनजन्य र भावनात्मक हिंसा हो । यस्तो हिंसाले पीडितलार्ई शारीरिक, मानसिक, यौनजन्य क्षति वा पीडा पु¥याउने सम्भावना हुन्छ । त्यस्तो कार्य गर्नेबाट दिइने धम्की दबाब र पीडितको स्वतन्त्रतामा बन्देज लगाउने कामबाट पनि क्षति पुग्ने गर्दछ । महिला माथि गरिने विभिन्न प्रकारका हिंसाहरू मध्ये घरेलु हिंसा एक प्रमुख हो । यस्तो हिंसाबाट पीडित व्यक्तिले शारीरिक मानसिक, यौनजन्य, आर्थिक र भावनात्मक यातना सहनु पर्ने हुन्छ । घरेलु हिंसा नियन्त्रण गर्ने कानुन नभएकाले यस्तो हिंसा पटक–पटक दोहोरिरहने भएकोले व्यक्तिको मृत्यु समेत भइरहेको छ । घरेलु हिंसाले पारिवारिक सद्भाव र सम्बन्धमा मात्र असर पार्ने नभई एकातिर व्यक्तिको व्यक्तित्व विकासमा नकरात्मक असर पारिरहेको छ भने अर्कोतिर इज्जतपूर्वक बाँच्न पाउने संवैधानिक अधिकारको उल्लङ्घन भइरहेको छ । घरेलु हिंसा सम्बन्धी स्पष्ट र विशेष कानुनको अभावले यस्तो हिंसाबाट पीडित व्यक्तिहरूले यस्ता घटनालार्ई प्रकाशमा नल्याउने र साहस बटुलेर कसैले उजुर गरे पनि पीडितहरूले न्याय पाउन नसकिरहेको आजको यथार्थता हो । घरेलु हिंसा कसैको घर भित्रको व्यक्तिगत मामिला मात्र नभई हिंसाबाट पीडितको मानव अधिकार उल्लङ्घनको विषय हो ।
महिला भएकै कारण मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक, मानसिक पीडा तथा यातना र अन्य कारणबाट महिला माथि हुने हिंसालाई नै महिला हिंसा भनिन्छ । कुनै पनि ठाउँमा महिला भएकै कारण घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, पेशा, अध्ययन गर्न नदिनु, डरत्रास, पारिश्रमी नदिनु वा कमदिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनु आदि महिला हिंसा भित्र पर्छन् । महिलाले हिंसा सहनुमा विविध कारण जिम्मेवार रहेका छन् । एकातिर आफ्नै श्रीमान तथा परिवारकै सदस्यबाट भएको हिंसा कानुन वा संस्थामा जानकारी दिंदा भोली सोही परिवारमै जीवन गुजार्नु पर्छ भन्ने डरले भन्न चाहँदैनन् अर्थात् हिंसाको रिपोर्ट गर्दा कानुनले केही सहयोग त गर्छ । फेरि त्यही परिवारमा जीवन गुजार्नु वा बिताउनु पर्छ जसले गर्दा पनि महिला आफू माथि भएको हिंसा प्रस्फुटन भई बाहिर उजागर हुन सकेको छैन । यसैले अध्ययन क्षेत्र अन्तर्गत अधिकांश महिलाले श्रीमान तथा परिवारका अन्य सदस्यबाट भएका कुटपिट तथा गाली गलौजका घटनामा उजुरीका लागि जानुपर्ने आवश्यकता ठान्दैनन् । हिंसा सहनुका अन्य कारणहरूमा अशिक्षा, चेतनाको अभाव, आफ्नो आय, आर्जनको बाटो नभएको बच्चाहरूको भविष्यका लागि बाध्यतावश पनि भन्न नचाहेको पाइन्छ । यसका लागि उचित कानुन बन्न नसक्नु र भएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नुले महिला हिंसा सहेर बस्ने परिपाटी कायम छ ।
महिलाको स्वतन्त्र तथा प्रतिष्ठापूर्ण जीवनयापन गर्न पाउने अधिकार, समाजमा समान रुपमा जीउन पाउने अधिकार, शैक्षिक अधिकार, सम्पत्ति सम्बन्धी अधिकार, प्रजनन स्वास्थ्यको अधिकार, रोजगारीको अधिकार, राजनीतिमा सहभागी हुन पाउने अधिकार उपभोगमा असर पारेको छ । महिला स्वास्थ्य, शारीरिक तथा मानसिक असन्तुलनबाट गुज्रिरहेका छन् । कहिकतै महिलाहरूले हिंसा सहने गर्दा उनीहरूले मानसिक कष्ट एवम् नैराश्यताका कारण आफ्नो गतिशिलता समेत गुमाउनु परेको स्थिति रहेको छ । हाम्रो समाजमा महिलाहरु सती प्रथा, देउकी प्रथाबाट माथि उठ्न सके पनि दाइजो प्रथा, छाउपडी प्रथा अझैपनि अन्त्य हुन सकेको छैन ।
नेपालको संविधान २०७२ मा महिलाहरुको हकहित, अधिकार सम्बन्धि व्यवस्था गरेको छ । १८. समानताको हक : (१) सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन । (२) सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । (३) राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन । ४) समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन । (५) पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ
३८. महिलाको हक : (१) प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । (२) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । (३) महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । (४) राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । (५) महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ । (६) सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ ।
यसरी नेपालको संविधान २०७२ मा महिलाहरुको हक, हित, अधिकार सम्बन्धि व्यवस्था गरेपनि यसको पुर्ण कार्यान्वयन हुन सकेको छैन । मन्त्री परिषद् मै ३३ प्रतिशत महिलाहरुको सहभागिता नहुनुले यसको कार्यान्वयन सरकारका तीन वटा अङ्ग कार्यापालिका, व्यवस्थापिका, न्यायपालिका बाटै एक रुपता नभएको देखिन्छ । नेपाल सदियौदेखि पितृसत्तात्मक संरचनामा हुर्किदै आएको हुनाले सम्पुर्ण महिलाहरुले शोषण, दमन, यातना तथा हिंसाजन्य पीडाहरूलार्ई भोग्दै र सहदै आउनु पर्ने बाध्यता र विवशताले गर्दा पनि महिला हिंसाको अन्त्य हुन सकेको छैन । यसैले महिला हक हित र अधिकारको सुनिश्चितता ग्यारेन्टी मात्र नभई व्यवहारमा लागू गर्नैपर्छ अनि मात्र सभ्य र सूचित समाजको निर्माण हुन सक्छ यस कुरामा कसैको पनि दुईमत पाउन सकिदैन । कानुन बन्नुपर्छ तर कानुन बन्नु मात्र पर्याप्त हुँदैन जबसम्म त्यो कानुनको कार्यान्वयन हुँदैन, आज महिला र पुरुषबीच भइरहेको दुरीको खाडल मेट्दै, महिला भएकै कारणले भोग्नु परेको हिंसाको उन्मुलन गर्दै विकासको मूल प्रवाहमा महिलाको सहभागिता गराउन सके मात्र सभ्य समाजको निर्माण हुन सक्दछ ।
यसैले महिला माथि भएको हिंसा शारीरिक यातना मात्र होइन, मानसिक, धार्मिक, कानुनी रुपमा भएको यातनालार्ई पनि महिला माथिको हिंसा मान्नु पर्ने हुन्छ । खासगरी महिलाहरू कस्ता हिंसाबाट पीडित हुने गरेका छन् । उनीहरूको सामाजिक, आर्थिक पृष्ठभूमि कस्तो रहेको छ ? उनीहरूले भोगेका हिंसाको प्रकार, कारण र हिंसा सहनुका कारण आदिको अध्ययन आवश्यक छ ।
समाजमा अहिले महिलाहरु जाँड रक्सीको सेवन, बहुविवाह, गरिबी तथा आर्थिक कारण, अशिक्षा, गर्भपतन, बलात्कारका कारण हिंसा पीडित बनेका थिए । अधिक महिला श्रीमानको दवावले गर्दा हिंसा सहेको त्यसैगरी केही आफ्नो आय आर्जनको बाटो नभएको, घरबाट निकालिने डरले र केही महिलाहरू बच्चाहरूको भविष्यका लागि पनि हिंसा सहनु बाहेकको विकल्प नभएको पाइएको छ । यसरी महिला माथि भएको हिंसाको कारण शारीरिक र मानसिक दुवै किसिमको असर पर्न गएको पाइएको छ । अधिक महिलाहरूमाथि कुटपिटका कारण अनुहारमा निलडाम, शरीरमा मुक्का हानिएको जस्ता असर पर्न गएको पाइएको छ । केही महिलाहरूले समाज र संस्कृति अनुसार चल्नुपर्ने बाध्यताले पनि हिंसा सहेको पाइएको छ । शिक्षा, चेतनाको अभाव, बालबच्चाको भविष्यका लागि र श्रीमानको दवावले गर्दा हिंसा सहेन परको छ । आफूमा परेको अन्याय सहेर बस्ने परिपाटीले गर्दा हिंसा अझ व्यापक बनेको छ । यहाँका अधिकांश महिला शारीरिक तथा मानसिक रुपमा हिंसाको शिकार हुँदै आएका छन । महिला श्रीमानबाट र केही महिला परिवारका अन्य सदस्यको हिंसा समेत सहेर बसेको पाइएको छ । आफूमाथि श्रीमान तथा सासूबाट भएका हिंसाका घटनालार्ई सामान्य रुपमा लिँदै आएको पाइन्छ ।
घरेलु हिंसाको शिकार बनेका महिलाहरू कानुनी उपचारका लागि प्रहरी वा संघ संस्थामा उजुरी गर्न थप हिंसाको शिकार बन्ने डरले कानुनी उपचारको खोजी नगरेको समेत पाइएको छ । कानुनले सहयोग गरे पनि फेरि सोही परिवारमा नै जीवन गुजार्नु पर्ने बाध्यताले हिंसाको उजुरी गर्न नचाहेको देखिन्छ ।
समाजले विधवाप्रति गरिने दुव्र्यवहार, हेर्ने दृष्टिकोण आदिका कारण पनि महिलाले मानसिक यातना भोग्न परेको छ । हिंसाको कारण भनेको पितृसत्तात्मक सामाजिक संरचना हो जसले गर्दा महिला पुरुषप्रतिको सामाजिक दृष्टिकोण फरक हुन पुगेको छ । सामाजिक परिवेशका कारणले गर्दा नै आफूलार्ई कमजोर तथा निर्भर ठान्ने मानसिकता स्वयम महिलामा पनि विकास भइरहेको छ जसले गर्दा पनि महिलाप्रतिको हिंसाको घटनाले प्रश्रय पाउँदै गएको छ । त्यसैले समाजमा विद्यमान रहेको महिला हिंसा कम गर्न महिला शिक्षामा विशेष जोड दिई महिला स्वयम आफ्ना अधिकारप्रति सचेत रहन, जनचेतना जगाउन र आफूले आफूलार्ई कमजोर ठान्ने मानसिकतामा परिवर्तन ल्याउन अत्यन्त जरुरी छ ।