जोखिमयुक्त वस्तीको पहिचान र सचेतता

सम्पादकीय
अहिले आम मानिसको ध्यान कोरोनाबाट कसरी बच्ने या जोगिने भन्नेमा मात्रै केन्द्रित छ । अर्थात कोरोनाबाट बच्नु या जोगिनु न मानिसका लागि सबै भन्दा ठुलो जित हो । तर, कोरोनाबाट आजको दिन सम्म नेपालमा जम्मा ३५ जनाको ज्यान गएको छ । दुखद त यो छ कि कोरोनाबाट बिभिन्न सचेतता अपनाउदै जोगिएका छिमेकी जिल्ला म्याग्दीका २७ जनाले बर्षासँगै आएको बाढि पहिरोका कारण मृत्यु बेहोर्नु परेको छ । म्याग्दीमा मात्र होइन, पर्वतमा पनि केहि साता अघि आधा दर्जन बढिको पहिरोकै कारण ज्यान गएको छ भने देशभरमा ठुलो संख्यामा बाढि, पहिरो र डुबानले मृत्यु भइरहेको छ ।

जब बर्खायाम शुरु हुन्छ । तब पहाडी क्षेत्रमा बाढि पहिरो र तराई क्षेत्रमा डुबानको समस्या बर्षेनी दोहोरिन्छ । र गुमाउनु पर्छ हजारौले आफ्नो अमूल्य जीवन । यस वर्ष वर्षायाम शुरु हुँदाहुँदै दैनिकजसो बाढि, पहिरो र मृत्युका खबरहरु आउने क्रम जारी छ । यो हाम्रो एक किसिमको नियति जस्तो बनिरहेको छ । हुन त प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन । यो आकस्मिक, भवितव्यको रुपमा आउने घटना हो । यद्यपी, प्रकोपका सम्भाव्य कारण या संकेत या जोखिमहरु हुन सक्छन् । जसको पूर्ववत सूचना, बिश्लेषण गरेर आवश्यक प्रतिकार्य योजना निर्माण गरेर कार्यान्वयन गर्न सके त्यसले ठुलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ । तर, हामीकहाँ बर्षेनी एकै ठाउँमा पटक पटक प्रकोपको घटना दोहोरिदा पनि यथोचित विकल्प या समाधान सहितको ठोस कदम चाल्न सकेको देखिदैन । जसका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्ने बिवशतादेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।

मनसुन शुरु भएर ठाउँ ठाउँमा बितण्डा मच्चाइरहेको छ । बागलुङ जिल्लाको काठेखोलामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु बाहेक आजको दिन सम्म ठुलो अप्रिय विपत्तिका घटना भएको छैन । जिल्लामा सम्भावित विपत्ति रोक्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको जिल्ला विपत व्यवस्थापन समितिले पनि यस बेलामा आफ्नो भुमिकालाई प्रभावकारी र २४ सै घण्टा अलर्ट राख्नुपर्छ । जिल्लाका १० स्थानीय तहका जोखिमयुक्त ठाउँहरुको पहिचान तत्काल गर्नुपर्छ । जोखिम पहिचान गरेर मात्र पुग्दैन, ती जोखिमको बर्गिकरण गरेर उच्च जोखिम भएका बस्तीका मानिसहरुलाई आवास, विस्थापित हुने हकमा पुर्नस्थापना र सुरक्षा सचेतता अपनाउन बिशेष पहल, समन्वयकारी भुमकिा खेल्नुपर्दछ । हामी घटना या विपत्ति भए पछि मात्र पछुताउने र सचेत हुने प्रवृत्तिबाट बर्षौदेखि ग्रसित छौ । अब यसबाट मुक्त भएर बर्खा, बाढि, पहिरोको सम्भावित जोखिमबाट बच्न सबैले पहल, सहयोग र सचेतता अपनाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *